विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ
झापा । झापामा विभिन्न मुद्दामा फरार प्रतिवादीहरू पक्राउ परेका छन्। ठगी, जबरजस्ती करणी र सवारी ज्यान मुद्दाका ३ जना फरार प्रतिवादीहरूलाई इलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा दमक नगरपालिका-८ बस्ने ४१ वर्षीय वेद प्रसाद सेडाई, सोही नगरपालिका-३ बस्ने ३६ वर्षीय नगेन राई र सोही नगरपालिका-७ बस्ने ४५ वर्षीय पवन लिम्बु रहेका छन् । जसमध्ये वेद प्रसादलाई शुक्रबार र नगेन र पवनलाई बिहीबार प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।
उनीहरूमध्ये वेद प्रसाद सेडाईलाई जिल्ला अदालत झापाको २०६९ चैत २० गतेको फैसलाले ठगी मुद्दामा ५ दिन कैद र १ हजार रुपैयाँ जरिवाना, नगेन राईलाई सोही अदालतको २०६७ फागुन १७ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ११ वर्ष कैद सजाय र पवन लिम्बुलाई सोही अदालतको २०७५ असार ५ गतेको फैसलाले सवारी ज्यान मुद्दामा १ वर्ष ११ महिना ४ दिन कैद सजाय ठहर भएको थियो ।
उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण