छालालाई समय अगावै बुढो बनाउने यी खानेकुरा

स्वास्थ्य र छालालाई स्वस्थ राख्न हाम्रो खाना र जीवनशैलीको महत्त्वपूर्ण भूमिका हुन्छ । हाम्रो जीवनशैली र खानपानको गलत बानीले हामी उमेरभन्दा अघि नै बुढो बनिरहेका छौँ ।
यहाँ आज हामी तपाईंलाई यस्ता केही खानेकुराबारे जानकारी दिँदै छौँ जसले तपाईंलाई उमेरभन्दा अघि नै बुढो बनाउन सक्छ । त्यसैले यस्ता खानेकुराबाट तपाईं टाढा भएकै राम्रो ।
तारेका खानेकुरा
तारेका खानेकुराले हाम्रो छालालाई असाध्यै हानी पुर्याउँछ । यसको सेवन असाध्यै कम गर्नुपर्छ । यसले छालालाई चिल्लोसमेत बनाउँछ, तसर्थ डन्डीफोर र चाउरीपनको रूपमा देखा पर्ने गर्छ ।
गुलियो खानेकुरा
गुलियो खानेकुरामा चिनी र कार्ब्स हुन्छन् जुन तपाईंको छाला र शरीरका लागि राम्रो हुँदैन । गुलियो खानेकुराले बुढ्यौलीको प्रक्रियालाई तेज बनाउँछ जसका कारण तपाईं समय अगावै बुढो देखिन थाल्नुहुन्छ ।
सोडा वा इनर्जी ड्रिङ्क
सोडा वा इनर्जी ड्रिङ्कले पनि उमेर बढाउने काम गर्छ किनभने यसमा धेरै नै चिनी हुन्छ ।
धूम्रपान र मद्यपान
धूम्रपान र मद्यपान पनि तपाईंको छालाका लागि खराब हो । यसले तपाईंको छालाको निखार तपाईंबाट खोस्ने गर्छ र विभिन्न समस्यालाई निम्तो दिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनलमा पुग्ने लक्ष्यसहित नेपाल आज बलियो बंगलादेशसँग भिड्दै
-
भरतपुर महानगरले धुर्मुस–सुन्तलीको ऋण नबोक्ने, सोझै फाउन्डेसनमा अनुदान पठाउन पत्र
-
बानेश्वरमा जिपको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु
-
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
-
रुस–युक्रेन वार्ताबाट खासै आश छैन : अमेरिकी विदेशमन्त्री
-
अर्थ मन्त्रालयले स्वीकृत ऋण नदिँदा रुकुमका स्थानीय तह अप्ठ्यारोमा परे : शर्मा