छालालाई समय अगावै बुढो बनाउने यी खानेकुरा
स्वास्थ्य र छालालाई स्वस्थ राख्न हाम्रो खाना र जीवनशैलीको महत्त्वपूर्ण भूमिका हुन्छ । हाम्रो जीवनशैली र खानपानको गलत बानीले हामी उमेरभन्दा अघि नै बुढो बनिरहेका छौँ ।
यहाँ आज हामी तपाईंलाई यस्ता केही खानेकुराबारे जानकारी दिँदै छौँ जसले तपाईंलाई उमेरभन्दा अघि नै बुढो बनाउन सक्छ । त्यसैले यस्ता खानेकुराबाट तपाईं टाढा भएकै राम्रो ।
तारेका खानेकुरा
तारेका खानेकुराले हाम्रो छालालाई असाध्यै हानी पुर्याउँछ । यसको सेवन असाध्यै कम गर्नुपर्छ । यसले छालालाई चिल्लोसमेत बनाउँछ, तसर्थ डन्डीफोर र चाउरीपनको रूपमा देखा पर्ने गर्छ ।
गुलियो खानेकुरा
गुलियो खानेकुरामा चिनी र कार्ब्स हुन्छन् जुन तपाईंको छाला र शरीरका लागि राम्रो हुँदैन । गुलियो खानेकुराले बुढ्यौलीको प्रक्रियालाई तेज बनाउँछ जसका कारण तपाईं समय अगावै बुढो देखिन थाल्नुहुन्छ ।
सोडा वा इनर्जी ड्रिङ्क
सोडा वा इनर्जी ड्रिङ्कले पनि उमेर बढाउने काम गर्छ किनभने यसमा धेरै नै चिनी हुन्छ ।
धूम्रपान र मद्यपान
धूम्रपान र मद्यपान पनि तपाईंको छालाका लागि खराब हो । यसले तपाईंको छालाको निखार तपाईंबाट खोस्ने गर्छ र विभिन्न समस्यालाई निम्तो दिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण