ढाकाकुमारसँग रास्वपाले सोध्यो २४ घण्टे स्पष्टीकरण
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्न दुई करोड रकम चाहिने भन्दै प्रसाईँसँग २ करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएपछि उनलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
पार्टीका महामन्त्री मुकुल ढकालले आइतबार विज्ञप्ति जारी गर्दै श्रेष्ठको सञ्चारमाध्यममा सार्वजनिक टेलिफोन संवादप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त संवादबारे सत्य तथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न केन्द्रीय अनुशासन समितिलाई निर्देशन दिएको उल्लेख गरेका छन् ।
साथै छानबिन पुरा नभएसम्मका सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले कुनै पनि काम कारबाही नगर्न नगराउन निर्देशन पनि रास्वपाले दिएको छ । ‘साथै केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न डा.श्रेष्ठलाई निर्देशन दिइएको छ’, विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण