मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

मापसे गरी सार्वजनिक सवारी साधन चलाउने दुई चालकमाथि मुद्दा

आइतबार, २६ चैत २०७९, २० : १२
आइतबार, २६ चैत २०७९

काठमाडौँ । मदिरा पिएर सार्वजनिक सवारी साधन चलाउँदै गर्दा काठमाडौँको बानियाटार र जरङखुबाट पक्राउ परेका चालकलाई आइतबार मुद्दा चलाइएको छ । काठमाडौँको जरङखुबाट शुक्रबार पक्राउ परेका बा २१ च ३९ ७६ नम्बरको एम्बुलेन्स चालक धादिङको सिद्धलेख गाउँपालिका ३ घर भई हाल काठमाडौँको तारकेश्वर बस्ने ३९ वर्षीय सोम श्रेष्ठलाई दिन ५ ९पाँच० म्याद थप गरी प्रहरी वृत्त बालाजुबाट अनुसन्धान सुरु भएको छ । 

त्यस्तै, काठमाडौँको बानियाटारबाट शनिबार पक्राउ परेका बा २ ज २७ २६ नम्बरको ट्याक्सी चालक काभ्रेपलाञ्चोक घर भई हाल काठमाडौँको चौमती बस्ने २८ वर्षीय मेक मान तामाङमाथि पनि दिन ५ ९पाँच० म्याद थप गरी प्रहरी वृत्त महाराजगन्जबाट आवश्यक अनुसन्धान सुरु भएको  छ । 

मादक पदार्थ सेवन गरी एम्बुलेन्स तथा भाडाका सवारी साधन चलाउनु आफैमा निन्दनीय कार्य रहेको र यसले गर्दा आफू मात्र नभई यात्रुको ज्यान समेत जोखिममा पर्ने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप