मापसे गरी सार्वजनिक सवारी साधन चलाउने दुई चालकमाथि मुद्दा
काठमाडौँ । मदिरा पिएर सार्वजनिक सवारी साधन चलाउँदै गर्दा काठमाडौँको बानियाटार र जरङखुबाट पक्राउ परेका चालकलाई आइतबार मुद्दा चलाइएको छ । काठमाडौँको जरङखुबाट शुक्रबार पक्राउ परेका बा २१ च ३९ ७६ नम्बरको एम्बुलेन्स चालक धादिङको सिद्धलेख गाउँपालिका ३ घर भई हाल काठमाडौँको तारकेश्वर बस्ने ३९ वर्षीय सोम श्रेष्ठलाई दिन ५ ९पाँच० म्याद थप गरी प्रहरी वृत्त बालाजुबाट अनुसन्धान सुरु भएको छ ।
त्यस्तै, काठमाडौँको बानियाटारबाट शनिबार पक्राउ परेका बा २ ज २७ २६ नम्बरको ट्याक्सी चालक काभ्रेपलाञ्चोक घर भई हाल काठमाडौँको चौमती बस्ने २८ वर्षीय मेक मान तामाङमाथि पनि दिन ५ ९पाँच० म्याद थप गरी प्रहरी वृत्त महाराजगन्जबाट आवश्यक अनुसन्धान सुरु भएको छ ।
मादक पदार्थ सेवन गरी एम्बुलेन्स तथा भाडाका सवारी साधन चलाउनु आफैमा निन्दनीय कार्य रहेको र यसले गर्दा आफू मात्र नभई यात्रुको ज्यान समेत जोखिममा पर्ने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण