भक्तपुर महोत्सव: पाँचौँ दिनसम्म करिब २ करोड कारोबार
भक्तपुर । नयाँ वर्ष २०८० साल तथा भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्राको अवसर पारेर ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९÷८०’ जारी छ । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज ब्याण्डको आयोजना र भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा महोत्सव भइरहेको छ ।
भक्तपुरको अरनिको राजमार्गसँगै सल्लाघारीस्थित नेपाल ट्रस्टको नाममा जग्गामा जारी महोत्सवमा २ सय भन्दा बढी स्टल रहेका छन् । औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतका अनुसार यहाँ रहेका सम्पूर्ण स्टलहरूले करिब आजसम्म करिब २ करोड रुपैयाँ कारोबार गरेको छ । स्टलहरूमा मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरू, खाद्यान्नका सामाग्रीहरू, विभिन्न प्रकारका लत्ताकपडा, सवारी साधानलगायतका स्टलहरू रहेका छन् । ‘हामीले हरेका सामाग्रीमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेका छौँ,’ अध्यक्ष महतले भने ।
महोत्सवमा बाल उद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामाग्रीका साथै दैनिक दर्जनौँ राष्ट्रिय स्तरका कलाकारहरूको सांगितिक र हास्य व्यङ्ग्य सहितका मनोरञ्जनात्मक प्रस्तुति रहेको औद्योगिक शान्ति नेपाल संस्था अध्यक्ष सन्दीप महतले बताए । आयोजकले प्रवेश शुल्क रु. ५० र ७० तोकेकोमा विद्यार्थी र ज्येष्ठ नागरिकलाई छुटको व्यवस्था गरेको छ । यो महोत्सव २०८० साल वैशाख ३ गतेसम्म आयोजना हुने संयोजक थापाले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण