रास्वपा सांसदले २ करोड मागेको अडियोमाथि अनुसन्धान हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणमाथि अनुसन्धान हुने बताएका छन्।
सोमबार बिहान चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले अडियो प्रकरणबारे अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउने बताएका हुन्। ‘दुई करोडको कुरा आएको छ । अनुसन्धानबाट जे पुष्टि हुन्छ, त्यहीअनुसार अघि बढ्ने कुरा हुन्छ।’
अडियो प्रकरणमा अनुसन्धानको प्रक्रियाबाट निष्कर्षमा पुगेर अघि बढ्ने उनको भनाइ छ। अडियोको वास्तविकताबारे सम्बन्धित पार्टी र तिनका नेताले नै प्रस्ट पार्नुपर्ने गृहमन्त्री श्रेष्ठले बताए।
यस्तै गृहमन्त्री श्रेष्ठले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहलाई समन्वयका लागि औचित्य पुष्टि हुने गरी तथ्यसंगत रूपमा आउनुपर्ने आग्रह गरे । मेयर शाहले सङ्घीय सरकारले स्थानीय सरकारसँग समन्वय नगरेको आरोप लगाएपछि गृहमन्त्री श्रेष्ठले भने, ‘काठमाडौँ महानगरपालिकाका मेयरका बारेमा व्यक्तिगत रूपमा अहिले म कुनै टिप्पणी गर्न चाहन्न। तर कुरा के हो भने प्रदेश सरकार र स्थानीय सरकारमा समन्वय गरेर संविधानले दिएको जिम्मेवारीलाई पूरा गर्न सङ्घीय सरकार मद्दत गर्न प्रतिबद्ध छ ।’
बल प्रयोग गर्न अनुरोध मात्र गरेर समन्वय नहुने गृहमन्त्रीको भनाइ छ। ‘स्थानीय वा प्रदेश सरकारले म यसो गर्छु भन्ने अनि बल प्रयोग गर्न अनुरोध मात्र गर्ने जानकारी दिएर त हुँदैन। यसबारे महानगर मेयरलाई प्रस्ट भनेको छु,’ श्रेष्ठले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण