कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु
सोमबार, २७ चैत २०७९, ११ : २५
काठमाडौँ । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । गत शुक्रबार दलीय प्रतिनिधित्वका आधारमा कार्य व्यवस्था परामर्श समिति गठन भएको थियो । समिति गठन भएपछि प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको पहिलो बैठक सोमबार बसेको हो ।
बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकमा दलका प्रमुख सचेतकसहितका नेताहरुको उपस्थिति छ । बैठकमा प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नुका साथै विषयगत समिति गठन, मस्यौँदा समिति गठन लगायतमा छलफल हुनेछ । सोमबार दिउँसो संसद् बैठक बस्ने भएकाले त्यसअघि परामर्श समितिको बैठक बसेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण