आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भन्सार छलीको सामानसहित ४ वटा ट्रक नियन्त्रणमा

सोमबार, २७ चैत २०७९, १५ : ४९
सोमबार, २७ चैत २०७९

काठमाडौँ । भन्सार छलीको सामान लिएर भारतबाट नेपाल आउँदै गरेको ४ वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । चिनी, युरिया मल र चामल लिएर आएको ट्रक सशस्त्रले नियन्त्रणमा लिएको हो ।

नवलपरासी पश्चिमको बर्दघाटबाट प्रज्ञापन पत्रमा उल्लेख भएभन्दा करिब ४२ टन धेरै चिनी बोकेको दुईवटा ट्रकलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए । सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटबाट खटिएको टोलीले सो ट्रक नियन्त्रणमा लिएको हो । 

नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको ना. ६ ख ३८४१ नम्बरको ट्रक दाउन्ने स्थित एसमोडबाट र लु. २ ख ९० नम्बरको ट्रक बर्दघाटस्थित ग्यारेमा रोकेर राखेको अवस्थामा भेटिएको थियो ।

त्यस्तै, अवैध तरिकाले युरिया मल ल्याउँदै गरेको ना.१ ख ५८०९ नम्बरको ट्रक सशस्त्र प्रहरी नम्बर–३१ गुल्मले पूर्वी नवलपरासीको गैंडाकोट बाट चैत २४ मा पक्राउ गरेको थियो । 

चैत २१ मा नागढुंगाबाट युरिया मल र चामल बोकेको ना.७ ख ८०४० नम्बरको ट्रक नियन्त्रणमा लिएको डिएसपी थापाले बताए । ढुवानीकर्ताले सो सामानको नक्कली बिल बनाएर ल्याएको भेटिएको छ । बरामद सामान र ट्रक राजस्व अनुसन्धान विभागमा बुझाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप