डाउन सिन्ड्रोमको निःशुल्क नियमित जाँच र उपचार गराउन सांसद कार्कीको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले डाउन सिन्ड्रोम भएका व्यक्तिहरुको निःशुल्क नियमित जाँच र उपचार गराउन सरकार सँग माग गरेकी छन् ।
सोमबारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले डाउन सिन्ड्रोम भएका व्यक्तिहरुको निःशुल्क नियमित जाँच र उपचार गर्ने व्यवस्था मिलाउन माग गरेकी हुन् ।
उनले डाउन सिन्ड्रोम भएका व्यक्तिहरुलाई अन्य धेरै स्वास्थ्य समस्याहरु आउने भन्दै उनीहरुका लागि विशेष चिकित्सक बीमाको व्यवस्था गर्नुपर्ने पनि बताइन् ।
त्यस्तै डाउन सिन्ड्रोमलाई अपांगताको छुट्टै वर्गको रुपमा वर्गीकरण गर्नुपर्ने पनि उनले माग गरिन् । सांसद कार्कीले प्रत्येक विद्यालयहरुमा उनीहरुका लागि कम्तीमा दुईवटा कोटा अनिवार्य छुट्याउने व्यवस्था गर्नुपर्ने बताइन् ।
त्यस्तै सांसद कार्कीले उनीहरुको पुनर्वास र बसोबास केन्द्रको व्यवस्थापन पनि सरकारले गर्नुपर्ने बताइन् । उनीहरुका लागि होस्टल र केयर होमहरुको व्यवस्था गर्नपर्ने उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण