आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
काेराेना अपडेट

२४ घण्टामा १२४ जनामा कोभिड संक्रमण पुष्टि

सोमबार, २७ चैत २०७९, १८ : ०८
सोमबार, २७ चैत २०७९

काठमाडौँ । पछिल्लो २४ घण्टामा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १२४ जनामा संक्रमण पुष्टि भएको हो । 

 २५ सय ६६ जनाको नमुना परीक्षण गर्दा १२४ संक्रमण  पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमित ४४४ जना रहेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका विभिन्न अस्पतालका आई.सी.यु र भेन्टिलेरमा गरी १४ जना उपचाररत छन् भने संस्थागत्त आईसोलेसनमा २१ जना उपचाररत रहेका छन् । 

मन्त्रालयले पछिल्ला दिन कोभिड संक्रमितहरुको संख्या बढ्दै गएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप