शिक्षा मन्त्रालयले एजुकेसनल इन्फमेसन एप सञ्चालनमा ल्यायो
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एजुकेशनल इन्फमेसन ऐप सञ्चालनमा ल्याएको छ । शैक्षिक सूचना तथा तथ्याङ्क हरेक व्यक्तिको पहुँचमा पु¥याउने उद्देश्यले एप सञ्चालनमा ल्याएको हो ।
त्यस्तै वार्षिक बजेट तथा कार्यक्रमसँग सम्बन्धित प्रगति विवरण अनलाइनबाट सङ्कलन गर्न सक्नेगरी अनुगमन सफ्टवेयर प्रणाली समेत सञ्चालनमा ल्याइएको छ ।
शैक्षिक सूचनाहरू सङ्ग्रहित गरिएको उक्त एप सर्वसाधारणले समेत प्रयोग गर्न सक्नेगरी विकास गरिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।
यो एपबाट शैक्षिक तथ्याङ्क तथा शिक्षासँग सम्बन्धित जानकारीहरू प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ ।
त्यसैगरी बजेट तथा अनुगमन सफ्टवेयर तत्काललाई परीक्षणको रूपमा प्रयोगमा ल्याई आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनसँगै आगामी साउन १ गतेदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण