शिक्षा मन्त्रालयले एजुकेसनल इन्फमेसन एप सञ्चालनमा ल्यायो

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एजुकेशनल इन्फमेसन ऐप सञ्चालनमा ल्याएको छ । शैक्षिक सूचना तथा तथ्याङ्क हरेक व्यक्तिको पहुँचमा पु¥याउने उद्देश्यले एप सञ्चालनमा ल्याएको हो ।
त्यस्तै वार्षिक बजेट तथा कार्यक्रमसँग सम्बन्धित प्रगति विवरण अनलाइनबाट सङ्कलन गर्न सक्नेगरी अनुगमन सफ्टवेयर प्रणाली समेत सञ्चालनमा ल्याइएको छ ।
शैक्षिक सूचनाहरू सङ्ग्रहित गरिएको उक्त एप सर्वसाधारणले समेत प्रयोग गर्न सक्नेगरी विकास गरिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।
यो एपबाट शैक्षिक तथ्याङ्क तथा शिक्षासँग सम्बन्धित जानकारीहरू प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ ।
त्यसैगरी बजेट तथा अनुगमन सफ्टवेयर तत्काललाई परीक्षणको रूपमा प्रयोगमा ल्याई आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनसँगै आगामी साउन १ गतेदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङको परेवा भिरमा सुख्खा पहिरो, एकतर्फी सवारी सञ्चालन
-
हेटाैँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुने
-
कर्जाको माग बढाउने गरी मौद्रिक नीति आउनुपर्छ : श्रेष्ठ
-
हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुने
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
...त्यसपछि खुल्यो गण्डकी प्रदेशसभाको संसद् अवरोध