बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शिवकुमार गुरुङको मृत्यु प्रकरण : क्षतिपूर्ति दिनुपर्ने माग राख्दै घर घेराउ

सोमबार, २७ चैत २०७९, १९ : ४९
सोमबार, २७ चैत २०७९

विराटनगर । सवारी दुर्घटनामा मृत्यु भएको शिवकुमार गुरुङको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै पीडकको घर घराउ गरेको छ । मृतकको परिवारलाई उचित क्षतिपूर्ति नदिएको भन्दै सोमबार चालक सरोज सिग्देलको घर घेराउ गरेको हो ।

विराटनगर–४ आयल निगम अगाडि शनिबार बेलुका दुर्घटना हुँदा सुनसरी बर्जु–४ अमडुवाका गुरुङको मृत्यु भएको थियो । उत्तरबाट दक्षिणतर्फ प्रदेश १–०२–०४० प ३२३२ नम्बरको मोटरसाइकलमा सवार गुरुङलाई बा ०१–२५–५४४६ कारले ठक्कर दिँदा गम्भीर घाइते भएका गुरुङलाई उपचारको लागि आर्या न्युरो अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

सवारी चालक सिग्देलले मादक पदार्थ सेवन गरेर सवारी चलाएको मृतकका आफन्तले आरोप लगाएका छन् । दुर्घटना गराएर फरार भएका सिग्देललाई प्रहरीले आइतबार दिउँसो मात्र पक्राउ गरेको थियो । दुर्घटना गराउने सिग्देलको घर प्रहरीलाई राति नै देखाउँदा पनि पक्राउ नगरेको उनीहरूको भनाई छ । 

मृतकका भाइ बद्री कुमार गुरुङले मृतकका परिवारलाई हेरविचार गर्दिनु पर्ने माग राखेका छन् । मृतक गुरुङको दुई छोरा, एक छोरी र आमा रहेका छन् । 

कमाउने श्रीमानको मृत्यु भएपछि बिच्चलीमा परेको मृतककी श्रीमती रामकुमारी गुरुङले बताइन् । लापरबाहीपूर्वक तरिकाले सवारी चलाउने चालकलाई कारबाही गरिनुपर्ने र छोराछोरीलाई शिक्षा दीक्षा र लालनपोषको लागि क्षतिपूर्ति दिनुपर्ने उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप