साहित्य कलाश्री पुरस्कार नयाँघरेलाई
झापा । साहित्य कला सङ्गम दमकले भव्यताका साथ पुरस्कार अर्पण समारोह सम्पन्न गरेको छ । गोरखा डिपार्टमेन्ट स्टोर दमकको सभाकक्षामा सम्पन्न उक्त कार्यक्रममा ७ जना स्रष्टाहरू पुरस्कृत भएका थिए ।
साहित्यकार चूडामणि रेग्मी, असम डिगबोइ निवासी साहित्यकार युद्धवीर राना, इलाम निवासी नारी स्रष्टा प्रतिभा पौडेल, धनकुटा निवासी साहित्यकार मुकुन्द प्रयास र सुरुङ्गा झापा निवासी मूर्तिकार हिम्मत नेम्वाङ गरी ५ जना व्यक्तित्वलाई भवानी मिश्र पुरस्कार २०७९ प्रदान गरिएको थियो ।
यसैगरी हाल काठमाडौँमा बसोबास गर्दै आएका मदन पुरस्कारले समेत विभूषित भइसकेका चर्चित निबन्धकार–नियात्राकार युवराज नयाँघरेलाई साहित्य कलाश्री पुरस्कार २०७९ प्रदान गरिएको थियो । झापा गौरादह निवासी, चर्चित गीत गौरादहको बजारैमा माया हाम्रो बस्यो लगायत विभिन्न लोकगीतका सङ्कलक तथा गायक, सीताराम ताजपुरियालाई पनि नगद रु. ३५०००र– दोसल्ला, मायाको चिनो र सम्मानपत्र सहितको तुलसादेवी न्यौपाने स्मृति पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भुपाल राई, सञ्चारकर्मी चन्द्र भण्डारी, दमक नगरप्रमुख रामकुमार थापा, प्राज्ञसभा सदस्य सुमित्रा वाङ्देल चेली, पूर्व प्राज्ञसभा सदस्य सुभद्रा भट्टराईले पूर्वेली स्रष्टा, साहित्य र सिर्जनात्मक गतिबारे चर्चा गरेका थिए ।
साहित्य कला सङ्गम दमकका अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षता र महासचिव दीपक सुवेदी तथा सचिव विवश बलिभद्र कोइरालाको संयुक्त सञ्चालनमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष बिन्दु दाहाल मूकदर्शकले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण