बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तीन सातापछि बसेको नगरसभाबाट सातवटा विधेयक पारित

मङ्गलबार, २८ चैत २०७९, ०७ : ४०
मङ्गलबार, २८ चैत २०७९

इटहरी । विधेयक पास गर्ने सवालमा एमालेबाट विजयी जनप्रतिनिधी असन्तुष्ट भएर स्थगित भएको इटहरी नगरपालिकाको १२ औं नगरसभा तीन सातापछि सातवटा विधेयक पास गर्दै टुंगिएको छ । फागुन २७ गतेदेखि सुरु भएर चैत ३ गतेदेखि अनिश्चितकालिन समयका लागि स्थगित भएको नगरसभा दुई पक्षीय सहमतिका आधारमा सोमबार भएको हो ।

नगर सभाले विनियोजन ऐन संशोधन विधेयक २०७९, इटहरी उप–महानगरपालिकाको केही ऐन संशोधन गर्न बनेको विधेयक २०७९, रात्रि बजार सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र  बजार अनुगमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ पारित गरेको हो ।

यस्तै, नगर खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९, कर्मचारी आचारसंहिता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९  छलफल पश्चात पारित गरिएको हो । पारित भएका विधेयकमध्ये कर्मचारी आचारसंहिता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ मा एमालेबाट विजयी जनप्रतिनिधीले असन्तुष्टि जनाएका थिए । तर, सोमबार बसेको कार्यपालिका बैठकले अघिल्लो पटक असन्तुष्ट जनाएको कुनै पनि कुरालाई विना संसोधन सहज ढंगले पारित भएको मेयर हेमकर्ण पौडेलले जनाए ।


अघिल्लो बैठक (चैत ३ गते) मै कर्मचारी सम्बन्धि विधेयको विषयमा इटहरीमा क्रियाशील राजनीकि दलको नेतृत्वबीच सहमति भएकै आधारमा नगरसभाबाट टुग्याउने योजना रहेको थियो । यद्यपि, नगरसभाका क्रममा एमालेबाट विजयी जनप्रतिनिधी हाजिर गरेर निस्किएपछि मेयर पौडेललले अनिश्चितकालका लागि नगरसभा स्थगित भएको घोषणा गरेको थिए ।

त्यसलगतै उनले सामाजिक सञ्जाल फेसबुकमा पनि नगरसभा स्थगित हुनुका कारण र कर्मचारीलाई व्यवस्थापन गर्ने ऐन पारित गर्ने सवालमा दलहरुबीच सहमति भएको बारेमा प्रष्ट्याएका थिए ।

नगरसभा स्थगित भएको साता पछि एमालेबाट निर्वाचित प्रतिनिधीले पनि पत्रकार सम्मेलन गरि मेयर पौडेलले एमालेमाथि गलत आरोप लगाएको जिकिर गरेका थिए । यद्यपी, लामो रक्सारक्सीपछि दुवै पक्षबाट सहमति भएर विधेयक पास हुन पुगेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप