केजरीवालको आम आदमी पार्टीलाई राष्ट्रिय दलको मान्यता

नयाँदिल्ली । अरबिन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) ले राष्ट्रिय दलको मान्यता पाएको छ । भारतको निर्वाचन आयोगले आम आदमी पार्टीलाई राष्ट्रिय दलको मान्यता दिएको हो । आफु नेतृत्वको पार्टीले राष्ट्रिय दलको मान्यता पाएपछि नयादिल्लीका मुख्यमन्त्री केजरीवालले खुशी व्यक्त गर्दै बधाई साटासाट गरेका छन । ‘यति छोटो समयमा नै राष्ट्रिय पार्टी ? यो कुनै चमत्कारभन्दा कम छैन । सबैलाई धेरैधेरै बधाई,’ उनले ट्विटरमार्फत खुसी ब्यक्त गरेका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार गुजरातको चुनावपछि राष्ट्रिय दलको मान्यताका लागि दावी गरेको भएपनि निर्वाचन आयोगले सो बारेमा कुनै निर्णय नलिए पछि सो पार्टी अदालतको ढोकामा पुगेको थियो ।
कर्नाटक संयोजक पृथ्वी रेड्डीले कर्नाटक उच्च अदालतमा गरेको रिटमा सुनवाई गर्दै सो अदालतले उपयुक्त निर्णय लिन आयोगलाई निर्देशन दिएको थियो । सो निर्देशन पछि आम आदमी पार्टीले राष्ट्रिय दलको मान्यता पाएको जनाईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?