केजरीवालको आम आदमी पार्टीलाई राष्ट्रिय दलको मान्यता
नयाँदिल्ली । अरबिन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) ले राष्ट्रिय दलको मान्यता पाएको छ । भारतको निर्वाचन आयोगले आम आदमी पार्टीलाई राष्ट्रिय दलको मान्यता दिएको हो । आफु नेतृत्वको पार्टीले राष्ट्रिय दलको मान्यता पाएपछि नयादिल्लीका मुख्यमन्त्री केजरीवालले खुशी व्यक्त गर्दै बधाई साटासाट गरेका छन । ‘यति छोटो समयमा नै राष्ट्रिय पार्टी ? यो कुनै चमत्कारभन्दा कम छैन । सबैलाई धेरैधेरै बधाई,’ उनले ट्विटरमार्फत खुसी ब्यक्त गरेका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार गुजरातको चुनावपछि राष्ट्रिय दलको मान्यताका लागि दावी गरेको भएपनि निर्वाचन आयोगले सो बारेमा कुनै निर्णय नलिए पछि सो पार्टी अदालतको ढोकामा पुगेको थियो ।
कर्नाटक संयोजक पृथ्वी रेड्डीले कर्नाटक उच्च अदालतमा गरेको रिटमा सुनवाई गर्दै सो अदालतले उपयुक्त निर्णय लिन आयोगलाई निर्देशन दिएको थियो । सो निर्देशन पछि आम आदमी पार्टीले राष्ट्रिय दलको मान्यता पाएको जनाईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण