१८ जना फेसन डिजाइनरले मिस नेपालका प्रतिस्पर्धीलाई सिँगार्दै
काठमाडौँ । ‘मिस नेपाल–२०२३’का २४ जना प्रतिस्पर्धीहरू ग्राण्ड फिनालेमा १८ जना फेसन डिजाइनरले तयार पारेको पहिरनमा प्रस्तुत हुने भएका छन् । द हिडेन ट्रेजरद्वारा आयोजित ‘मिस नेपाल’को यो २९औँ संस्करण हो ।
‘स्यास सेरेमोनी’मार्फत अन्तिम फाइनलका लागि छनोट भएका २४ प्रतिस्पर्धीहरू जेठ १३ गते ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा अन्तिम प्रतिस्पर्धा गर्दैछन् । हाल उनीहरूलाई कोरियोग्राफर रचना गुरुङ शर्माले तालिम दिइरहेकी छन् ।
उनीहरूका लागि आईआईएफटीबाट स्नातक गरेका डिजाइनरहरू गीता मिश्र, पम्फा श्रीस, सुप्रीती ब्याञ्जनकर, सेन्हा राई, सुदिना बज्राचार्य, रेगिशा महर्जन, दिलमाया मगर, सोनल केसी, वर्षा पन्त, सुनैना शाही, शमूएल अकोन्तांश, सञ्जिता बराल, दर्पण खाती, राजन शाह, विप्लवराज नाग नाहरले पहिरन तयार गर्दैछन् । जुन पहिरन प्रतियोगिता फाइलन ओपनिङ राउण्डमा पहिरिएर ती २४ सुन्दरीहरूले आफ्नो परिचय दिनेछन् ।
‘मिस नेपाल–२०२३’को उपाधिका लागि राइना मजगैँया, स्मारिका कार्की, प्रज्ञा वज्राचार्य, आयुषा महर्जन, सुधा देवकोटा, प्रसिद्धि शाह, सृष्टि हाडा, सदीक्षा थापा, वर्षा गौतम, उन्नति गुरुङ, कविना श्रेष्ठ, आयुष्मा बराल, रजनी मिश्र, होलिस्का कोइराला, स्विन्जा सुनाम, श्रीच्छा प्रधान, गृष्मा अधिकारी, अपेक्षा खतिवडा, कीर्तिका बस्नेत, ऐश्वर्य श्रेष्ठ, छिरिङ डोल्मा पाख्रिन, सुहानी खड्का क्षेत्री, प्रीतिका खड्का र कीर्ति बर्तौला प्रतिस्पर्धा गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण