२५ प्रतिशतले बढ्यो रेमिट्यान्स आप्रवाह, ८ महिनामा ७ खर्ब ९४ अर्ब भित्रियो
काठमाडौँ । चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपालमा रेमिट्यान्सको आप्रवाह २५.३ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको रिपोर्ट सार्वजनिक गर्दै चालू आर्थिक वर्षको ८ महिनामा २५ प्रतिशतभन्दा धेरैले रेमिट्यान्स बढेको जानकारी दिएको हो ।
यससँगै, साउनदेखि फागुनसम्मको अवधिमा नेपालमा ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्सको आप्रवाह १.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेर ६ अर्ब ९ करोड डलर पुगेको छ ।
अघिल्लो वर्षको यही अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २.६ प्रतिशतले घटेको थियो ।
यससँगै, श्रम स्वीकृति लिनेको संख्या ३ लाख ५१ हजार ७६१ जना पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीमा जान पुनः श्रम स्वीकृति लिनेको संख्या समीक्षा अवधिमा ८ प्रतिशतले बढेर १ लाख ९२ हजार ५५९ पुगेको छ ।
अघिल्लो वर्षको यही अवधिमा यस्तो स्वीकृति लिनेको संख्या २४० प्रतिशतले खुम्चिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितसँगै लिभरपुलमा नयाँ प्रशिक्षक इराओलाको यात्रा सुरु
-
व्यवसायी दीपक भट्टको निवेदनमा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
डिओमान्डे र रियलबिच सम्झौता तय, पीएसजी प्रतिस्पर्धाबाट बाहिरियो
-
विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर ‘किंग काजु’ को कीर्तिमान, ५९ वर्षको उमेरमा गोल
-
लुम्बिनीमा कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा, मन्त्रीहरूको राजीनामा 'होल्ड'
-
चन्द्रागिरीबाट ‘तीन तीघ्रे क्या बिग्रे’ को छायाङ्कन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण