वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या ५४ प्रतिशतले बढ्यो
मङ्गलबार, २८ चैत २०७९, १४ : ५४
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० को ८ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ह्वात्तै बढेको जानकारी दिएको छ ।
मंगलबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै केन्द्रीय बैंकले श्रम स्वीकृति लिनेको संख्या ५४ प्रतिशतले बढेको जानकारी दिएको हो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ३ लाख ५१ हजार ७६१ जना पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीमा जान पुनः श्रम स्वीकृति लिनेको संख्या समीक्षा अवधिमा ८ प्रतिशतले बढेर १ लाख ९२ हजार ५५९ पुगेको छ ।
अघिल्लो वर्षको यही अवधिमा यस्तो स्वीकृति लिनेको संख्या २४० प्रतिशतले खुम्चिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीमा झडप : सचेतक परियारद्वारा संयम अपनाउन र निष्पक्ष छानबिन गर्न माग
-
हेटौँडाका शिवालयमा साउनको दोस्रो सोमबार भक्तजनको घुइँचो
-
झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख
-
ओलीले प्रचण्डलाई भने : अहिल्यै एकता गर्दा कुरा बिग्रन्छ कि !
-
दक्षिण कोरियामा रास्वपा सांसदहरूसँग प्रवासी नेपालीको खुला संवाद
-
एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण