सरकारले सुशासन र विकासमा ध्यान दिन जरुरी छ : अध्यक्ष लिङ्देन
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सुशासन, विकास र जनताको सेवालाई केन्द्रविन्दुमा राखेर सरकार अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
राप्रपा गण्डकी प्रदेशस्तरीय विस्तारित बैठक एवं अगुवा कार्यकर्ता भेलालाई मंगलबार पोखरामा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, “हामीले देशको व्यवस्था त परिवर्तन ग¥यौँ तर जनताको अवस्था फेर्न सकेका छैनौं ।”
नेपालमा राजनीति उद्योगका रूपमा विकास भएको भन्दै उनले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन हुनुपर्नेमा जोड दिए । “म ऊर्जामन्त्री हुँदा ठूलाठूला निर्णय भए तर मैले एक रुपैयाँ पनि अनियमितता गरिनँ”, अध्यक्ष लिङदेनले भने, “भ्रष्टाचार गर्नु भनेको नेपाली आमाको रगत खानु सरह हो ।”
गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाको अध्यक्षता राप्रपा गण्डकीका अध्यक्ष पञ्चराम गुरुङले गरेका थिए । साथै अगुवा कार्यकर्ता भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपा तत्काल सरकारमा नजाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण