ढाकाकुमारको पद धरापमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड रूपैयाँको डिल गरेको अडियो (श्रव्य सामग्री) बाहिरिएपछि उनको सांसद पद धरापमा छ । सञ्चारमाध्यमबाट आइतबार उक्त अडियो सार्वजनिक भएलगत्तै रास्वपाले विज्ञप्ति निकालेर श्रेष्ठलाई तत्काल सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले कुनै पनि कामकारवाही नगर्नरनगराउन निर्देशन दिएको थियो ।
त्यस्तै रास्वपा केन्द्रीय अनुशासन तथा आचरण समितिले पनि २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न श्रेष्ठलाई निर्देशन दिएको थियो । सांसद श्रेष्ठले सोमबार अनुशासन तथा आचरण समितिमा स्पष्टीकरण पत्र पेस गरेका थिए ।
स्पष्टीकरणमा उनले उक्त अडियोको आवाज आफ्नो नभएको दलील गरेको स्रोत बताउँछ । सोही कुरा सोमबार श्रेष्ठको सचिवालयले जारी गरेको विज्ञप्तिमा पनि उल्लेख छ ।
श्रेष्ठले स्पष्टीकरण दिएपछि केन्द्रीय अनुशासन तथा आचरण समितिले मंगलवार आफ्नो प्रतिवेदन तयार पारी केन्द्रीय समितिमा पेस गरेको छ । 'उहाँ (ढाकाकुमार श्रेष्ठ) ले २४ घण्टा नाघेर स्पष्टीकरण दिनुभयो । केही ढिला भए पनि उहाँको स्पष्टीकरण लियौं,' अनुशासन तथा आचरण समितिका संयोजक भरतमणि देवकोटाले भने,' यस्तै उहाँसँग मंगलबार बयान पनि लियौं ।' यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण