प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
बुधबार, २९ चैत २०७९, ०७ : ०१
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्नेछ ।
बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
त्यसैगरी सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका पूर्व सांसद तेजमान तुम्बाहाम्फेको निधन भएकोमा शोक प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण