मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
वर्ष २०७९ फर्केर हेर्दा

चलचित्र क्षेत्रका चर्चित घटना : मिरुनाको ‘ब्याड टच’देखि पल शाहको जेल र रिहाइसम्म

बुधबार, २९ चैत २०७९, ०९ : २४
बुधबार, २९ चैत २०७९

काठमाडौं । वि.सं २०७९ अब केही दिनमा बिदा हुँदैछ । कोरोनाले थलिएको फिल्म क्षेत्र यो वर्ष पीडादायी रह््यो । करिब ४ दर्जन फिल्म रिलिज भएको यो वर्ष एक दर्जन फिल्मले पनि लगानी सुरक्षित गर्न सकेनन् ।

प्रदर्शन र निर्माणको हिसावले उत्साहजक रहेको यो वर्ष त्यस्ता थुप्रै घटना घटे, जो चर्चामा रहे । २०८० लाई स्वागत र २०७९ लाई बिदा गर्दैगर्दा आज हामी यो वर्षका केही चर्चित घटनाको सम्झना गर्दैछौं ।

बोर्डमा भुवन केसी

नेपाली कलाक्षेत्रमा वर्षभरि भुवन केसी चर्चामा रहन सफल भए । कामभन्दा पनि विवादले केसी चर्चामा रहे । चलचित्र विकास बोर्डको यात्रा र त्यसपछिका उनका क्रियाकलाप सधैँ विवादित भए । साउनमा बोर्ड अध्यक्ष नियुक्त भएका उनको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्चमा रिट निवेदनसमेत दर्ता भयो । केसीले बोर्ड प्रवेशसँगै ५ सदस्य सल्लाहकार समिति बनाए तर समितिमा महिला सदस्य नभएको भन्दै आलोचना भयो ।

फिल्म ‘प्रकाश’ को शो विवादमा पनि उनी मुछिए । फिल्म ‘प्रेमगीत ३’को हिन्दी भर्सन रिलिजमा समेत उनी विवादमा परे । हलमा विश्वकप फुटबल देखाउन पहिले अनुमति दिएर पछि नदिएको, रिलिजको ७ दिन अगाडि फिल्म सेन्सर गरिसक्नुपर्ने नियम, महिला चलचित्रकर्मी सशक्तिकरण समितिमा अभिनेत्री पूजा शर्माको नियुक्ति र दुबईमा आयोजना गरेको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलका कारण भुवन वर्षभरि चर्चामा रहिरहे ।

मिरुना र भिक्षु

furva tamang and miruna magar1658992334

अभिनेत्री मिरुना मगर र एक भिक्षुबिचको लफडा पनि वर्षको चर्चित घटनामै पर्छ । फिल्म ‘कबड्डी ४’ को एक कार्यक्रममा आफूलाई ‘ब्याड टच’ गरेको भन्दै मिरुनाले भिक्षुलाई थप्पड हान्दै जेलमा पु¥याएपछि घटनाले उग्र रुप लिएको थियो । मिरुनाले भिक्षुलाई बिनाकारण थप्पड हानेको भन्दै ‘कबड्डी ४’ को विषयमा जुलस र प्रतिबन्धको आन्दोलन भए । घटनाले धार्मिक रुप लिन थालेपछि भिक्षु र मिरुनाले सहमतिमा विवाद मिलाए ।

वर्षाको प्रेम र ब्रेकअप

प्रेम र ब्रेकअपको कारण अभिनेत्री वर्षा सिवाकोटी वर्षभरि नै चर्चामा रहिन् । उनले गत वैशाखमा अमेरिकामा बस्दै आएका प्रेमी आशिष गेलालसँग बिहे गरिन् । बिहे भएको तीन महिनामै उनको डिभोर्सको चर्चा चल्यो । उनका श्रीमान् आशिषको दोस्रो बिहेले उनको डिभोर्स पुष्टि ग¥यो । वर्षभरि नै प्रेम, विवाह र डिभोर्सका कारण उनी मिडियामा छाइरहिन् ।

‘प्रकाश’ को शो विवाद

Prakash-11

रिलिजको समयमा हलवालाले शो नदिएको भन्दै अभिनेता प्रदीप खड्काले पत्रकार सम्मेलन नै गरेर आगो ओकले । उनले, नेपाली फिल्मलाई शो नदिने हो भने टुँडिखेलमा लगेर फिल्म रिलिज गर्ने चेतावनी दिए । भुवनले अनमोलका लागि विकास बोर्डमार्फत फिल्ममा शो घटाएको निर्माण पक्षले आरोपसमेत लगायो । यो घटना पनि वर्षको सर्वाधिक चर्चित घटनामै पर्छ ।

प्रेमगीत ३’ हिन्दी भर्सन

Prem-Geet-3

‘प्रेमगीत ३’ रिलिजको समयमा अभिनेता प्रदीप खड्का र चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी एकअर्काेको विरोधमा खुलेरै उत्रिए । दुवैले एक अर्काेलाई लगाएको आरोप प्रत्यारोपले पूरै फिल्म उद्योग तरङ्गित भयो । फिल्मको हिन्दी भर्सन रिलिजमा रोक पनि लाग्यो । प्रदीपले भुवन केसीले आफ्नो फिल्मलाई दुःख दिन खोजेको आरोप लगाए ।

भुवनले पनि मिडियामार्फत प्रदीपलाई असफल हिरोको बताए । यी दुईको विवादमा थुप्रै गसिप मिडियामा बने । फिल्मको हिन्दी भर्सन रिलिज र सेन्सरमा समेत विवाद भयो, जुन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मिलाएको थियो ।

सौगात र श्रृष्टीको ब्रेकअप 

saugat

अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टी श्रेष्ठको सम्बन्ध वर्षभरि चर्चाको विषय भयो । यी दुईको ब्रेकअपको घटनाले यो वर्षको अन्त्यमा चर्चा पायो । लामो समयदेखि लिभिङ टूगेदरमा रहेका यी दुईले विवाह गर्ने समाचार वर्षभरि मिडियामा छाए । ब्रेकअपको घटनाले पनि राम्रो चर्चा पायो ।

पलको जेल र रिहा

नाबालिक बलात्कारको आरोपमा गत वर्षको फागुनमा पक्राउ परेका नायक पल शाह यो वर्षको फागुनमा छुटे । उनले जेलमा रहँदा गरेका क्रियाकलाप, उनको विषयमा विभिन्न अदालतबाट भएका फैसला र रिहाई वर्षभरि नै चर्चाको विषय भयो । पल छुट्दा उनको स्वागतमा देखिएको ठुलो फ्यानको भिडलाई लिएर सामाजिक संजालमा विभिन्न ट्रोलसमेत बने ।

‘प्रसाद २’ सुटिङ र रिलिज 

prasad-2

फिल्म ‘प्रसाद २’ पनि वर्षभरि चर्चामा रहन सफल भयो । छायाङ्कन स्थलबाटै पैसा नपाएर अभिनेता विपिन कार्की फर्किएको कारण सुरुको समय चर्चामा रहेको यो फिल्म छायाङ्कनको समय कोरस कलाकारले खान नपाएर ढलेको विषय मिडियाको समाचार राम्रै प्राथमिकता प¥यो । पटक पटक विवादमा मुछिएको फिल्म अदालतको आदेशपछि गत शुक्रबार रिलिज हुन सकेन । फिल्म निर्माता सुवास थापाले आफ्नो रकम नदिएको भन्दै पूर्व निर्माता केशव पाण्डेले फिल्म रोक्नका माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । निर्माता केशव पाण्डेले प्रहरीमा दिएको उजुरीका कारण थापाविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको छ ।

वर्षा र संजोगको सम्बन्ध 

barsha and sanjok

अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाको सम्बन्धको खबरले यो वर्ष निकै चर्चा पायो । वर्षाले सामाजिक संजालबाट संजोगसँगको तस्बिर हटाएपछि उनीहरुको सम्बन्धमा दरार आएको समाचार बन्यो । वर्षाले यो विषयमा स्पष्टिकरण दिँदै आफू र संजोगको सम्बन्धमा फाटो आएर मिलेको स्पष्ट पारिन् । उनीहरुको वैवाहिक सम्बन्धमा डिभोर्ससम्मको हल्ला चलेको थियो ।

विपिनको बलिउड यात्रा

अभिनेता विपिन कार्कीको फिल्म ‘एनिमल’ बाट बलिउड यात्रा थाल्ने कुरो यो राम्रै चर्चामा रह्यो । फिल्मका लागि उनको बारम्बारको बलिउड र नेपाल यात्रा समेत मिडियामा मसला बनिरह्यो । उनले ‘एनिमल’ मा काम गर्न करिब ६ पटक मुम्बई धाएका थिए । टिमले उनलाई निकालेको घटना पनि मिडियाको समाचार बन्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप