महासंघको चुनाव : वस्तुगत र जिल्लानगरको सबै भोट खस्यो, एसोसिएटतर्फको मतदान जारी
बुधबार, २९ चैत २०७९, १६ : ३५
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा जिल्लानगर र वस्तुगततर्फ शतप्रतिशत मत खसेको छ । महासंघको निर्वाचन समितिले दिएको जानकारी अनुसार साढे ४ बजेसम्ममा जिल्लानगर र वस्तुगततर्फको सबै मत खसेको हो ।
महासंघमा जिल्लानगरमा ११७ भेट छन् । यस्तै, वस्तुगततर्फ १२३ भोट छन् । समितिका अनुसार जिल्लानगर र वस्तुगततर्फका सबै भोट खसेपनि एसोसिएटतर्फ मतदान जारी छ ।
महासंघमा एसोसिएटतर्फ १७ सय ४८ मत छ । अहिलेसम्म १३ सय मत खसेको समितिले जानकारी दिएको छ । अब एसोसिएटतर्फको ५०० मत खस्न बाँकी छ । तोकिएको समयभन्दा करिब २ घण्टा ढिला गरी सुरु भएको मतदानको समय ६ बजेसम्म तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण