शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

महासंघको चुनाव : वस्तुगत र जिल्लानगरको सबै भोट खस्यो, एसोसिएटतर्फको मतदान जारी

बुधबार, २९ चैत २०७९, १६ : ३५
बुधबार, २९ चैत २०७९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा जिल्लानगर र वस्तुगततर्फ शतप्रतिशत मत खसेको छ । महासंघको निर्वाचन समितिले दिएको जानकारी अनुसार साढे ४ बजेसम्ममा जिल्लानगर र वस्तुगततर्फको सबै मत खसेको हो ।

महासंघमा जिल्लानगरमा ११७ भेट छन् । यस्तै, वस्तुगततर्फ १२३ भोट छन् । समितिका अनुसार जिल्लानगर र वस्तुगततर्फका सबै भोट खसेपनि एसोसिएटतर्फ मतदान जारी छ ।

महासंघमा एसोसिएटतर्फ १७ सय ४८ मत छ । अहिलेसम्म १३ सय मत खसेको समितिले जानकारी दिएको छ । अब एसोसिएटतर्फको ५०० मत खस्न बाँकी छ । तोकिएको समयभन्दा करिब २ घण्टा ढिला गरी सुरु भएको मतदानको समय ६ बजेसम्म तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप