राजनीति
ढाकाकुमारबारे निर्णय गर्न रास्वपा बैठक जारी
बुधबार, २९ चैत २०७९, १७ : ०४
काठमाडौँ । सांसद ढाकाकुमार श्रेष्ठको २ करोड घुस मागेका अडियो प्रकरणबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बसिरहेको छ । पार्टी कार्यालयमा जारी बैठकले छानबिन प्रतिवेदनका आधारमा निर्णय गर्ने बुझिएको छ । यसअघि पार्टीको अनुशासन आयोगले श्रेष्ठसँग बयान लिएर प्रतिवेदन बनाएको थियो ।
उक्त प्रतिवेदनका आधारमा सांसद श्रेष्ठलाई कारबाही गर्ने नगर्ने निर्णय गर्ने बुझिएको छ । श्रेष्ठले केही महिनाअघि आफू स्वास्थ्य मन्त्री बन्ने पक्का भएको तर पार्टीलाई दुई करोड रुपैयाँ दिनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग रकम मागेको अडियो सार्वजनिक भएको थियो । बैठकमा श्रेष्ठ समेत सहभागी छन् । उनलाई यसअघि पार्टीले छानबिन नहुँदासम्म सांसदको हैसियतमा कुनै काम नगर्न पार्टीले निर्देशन दिइसकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण