नेपाल प्रहरीका १३ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको बुधबार बसेको बैठकले १३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
गृह मन्त्रालयले समितिको सिफारिसअनुसार बढुवा सिफारिस सूची प्रकाशित गरेको छ । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार मन्त्रालयले बढुवा सिफारिस सूची प्रकाशित गरेको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले जानकारी दिए ।
बढुवाका लागि सिफारिस भएका एसएसपीहरुमा कुवेर कडायत, केदार ढकाल, विष्णु बहादुर केसी, भरत बहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य रहेका छन् । यस्तै सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञ विनोद पोखरेल र विकास राज खनालको नाम पनि सिफारिस भएको छ । सिफारिस सूचीमा कडायतको नाम पहिलो नम्बरमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वाइसीएल बागमती प्रदेश अध्यक्षमा नरेश रञ्जित निर्वाचित
-
विद्यालय शिक्षा विधेयकमाथि समितिमा छलफल सुरु, निजी विद्यालय र ईसीडीबारे सांसदहरू गम्भीर
-
सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन शुक्रलाई एकल अग्रता
-
प्रहरीको नाममा सर्वसाधारणलाई झुक्याउने युवक भक्तपुरबाट पक्राउ
-
राजधानीबाट १६८ थान अवैध मोबाइलसहित दुई जना समातिए
-
विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमाथि निवर्तमान शिक्षामन्त्रीले किन उठाइन् प्रश्न ?