मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

उपनिर्वाचनमा पार्टीका तीनैजना उम्मेदवारलाई हराउने योजनामा अडियो बाहिर ल्याइयो : ढाकाकुमार

बुधबार, २९ चैत २०७९, १७ : ४४
बुधबार, २९ चैत २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठले उपनिर्वाचनमा पार्टीका तीनवटै क्षेत्रका उम्मेदवारलाई हराउने योजनामा अडियो बाहिर ल्याइएको बताएका छन् । तर, अडियो वास्तविक नभएको उनले दाबी गरे ।  रास्वपाको बुधबार आयोजित केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले आफ्नो कारणले पार्टी, उपचुनाव र म आफ्नै मान प्रतिष्ठामा घात परेको भन्दै क्षमायाचना गरेका छन् । 

उनले आफू पार्टीको निलम्बनमा परिसकेको उल्लेख गर्दै आफूलाई षड्यन्त्र भएको विषयमा अदालतमा गइसकेकाले क्लिन चिट पाएर फर्किने पनि बताएका छन् ।  ‘जसले पनि बनाउन सकिने अडियो हो । मैले बोलेका भ्वाइसहरु अर्को तरिकाले बनाउन पनि सकिन्छ’, उनले भने, ‘मेरो कुराहरु जे आएको छ, त्यसमा खेद प्रकट गर्दछु ।’
उनले आफ्नोबारे प्रश्न उठिसकेपछि पार्टीले निलम्बन गरेको भन्दै पार्टीको निर्णयको स्वागत गर्ने पनि बताए । ‘म केही समयका लागि निलम्बन परेपनि म न्यायालय गएको छु र यसबारेमा क्लिन चिट ल्याएर यहाँहरुसामु फेस देखाउँछु ।’

उनले आफ्नो कारणले उपनिर्वाचनमा पार्टीलाई अप्ठ्यारो परेको पनि बताए । तर, यो चुनावको मुखमा गरिएको षड्यन्त्र भएकाले भोट दिएर पार्टीको उम्मेदवारलाई निर्धक्कका साथ अत्यधिक बहुमतले जिताउन उनले आग्रह गरे ।  ‘यो पार्टीलाई तिनै निर्वाचन क्षेत्रमा हराउन गरिएको सुनियोजित योजनामा हो’, उनले भने, ‘जसले पार्टीलाई राम्रो मान्नुभएको छ, भोट दिएर अत्यधिक बहुमत दिएर लिडरहरुलाई जिताइदिनुहोला । क्लिन चिट पाएपछि म फर्किनेनै छु ।’  मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड बार्गेनिङ गरेको विषय बाहिरिएपछि उनी विवादमा तानिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप