विदेशमा रहेका नेपालीलाई मताधिकार नदिएको विषयमा सरकारको नाममा कारण देखाउ आदेश जारी
काठमाडौँ । विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्नु भन्ने सर्वोच्च अदालतको परमादेशको कार्यन्वयन नगरेको भन्दै सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीश कुमार चुडालको एकल इजलासले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था नगर्नुको कारण पेश गर्न प्रधानमनत्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई कारण देखाउ आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतबाट जारी परमादेश कार्यन्वयन नभएको भन्दै नागरिक अभियान्ता नन्दराज उपाध्यायले मंगलबार सर्वोच्च अदालतमा अदालतको अवहेलना सम्बन्धी मुद्दा दर्ता गराएका थिए । सो मुद्दा बुधबारको पेसीमा चढ्दा न्यायाधीश चुडालको इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतले यसअघि विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्न कानुन निर्माण गरी व्यवस्था गर्नु भन्ने परमादेश दिएको थियो । तर सर्वोच्च अदालतको परमादेशलाई सरकारले कार्यन्वयनमा नलगेको भन्दै अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको थियो । न्यायाधीश चुडालको इजलासले के कति कारणले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था नगरिएको हो, सो को कारण लिखितरुपमा पेश गर्न पनि सरकारको नाममा कारण देखाउ आदेश जारी भएको हो ।
उपाध्यायले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई विपक्षी बनाई मुद्दा हालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण