मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड नेतृत्वको सरकार तीन वर्ष चल्नेछ : सांसद सापकोटा

बुधबार, २९ चैत २०७९, १८ : ११
बुधबार, २९ चैत २०७९

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार तीन वर्ष चल्ने बताएका छन् । 

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सांसद सापकोटाले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकार आगामी तीन वर्षसम्म चल्ने बताए ।  

उनले वर्तमान सत्तारुढ गठबन्धन निर्माण गर्दा नै दाहालको नेतृत्वमा तीन वर्ष सरकार चलाउने सहमति भएको दाबी गरे । उनले गठबन्धनका दलहरुका बीचमा अविश्वास नरहेको स्पष्ट पार्दै पूर्व समझदारी अनुसार नै सरकार अगाडी बढीरहेको बताए ।  

त्यस्तै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कांग्रेसले वर्तमान सत्तारुढ गठबन्धन र माओवादी केन्द्रको विकल्प नखोजेको बताए । उनले अहिले   कांग्रेसले सत्ता लिइहाल्ने अवस्था नरहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप