सहिदहरूको अपमान र उपलब्धिमाथि मजाक नगर्न सांसद शर्माको चेतावनी
काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा माओवादी केन्द्रकी नेतृ नारायणी शर्माले सहिदहरूको अपमान नगर्न चेतावनी दिएकी छन् ।
बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै शर्माले परिवर्तनका हिमायतीहरूलाई हेप्ने र बदनाम गर्ने दुष्प्रयास भइरहेको भन्दै त्यसविरुद्ध कडा चेतावनी दिएकी हुन् ।
‘कसैले पनि महान् सहिदहरूको अपमान नगर्न, वर्तमान उपलब्धिमाथि मजाक नगर्न, परिवर्तनका हिमायतीहरूलाई हेप्ने र बदनाम गर्ने दुष्प्रयास नगर्न कडा चेतावनी दिँदै यी प्रतिगामी स्वरहरूको विरोध गर्दछु’, उनले भनिन्, ‘वर्तमान शासन पद्धतिले अवलम्बन गरेका प्रगतिशील उपलब्धिहरूको रक्षा र संस्थागत विकाशका लागि जस्तासुकै चुनौतीको सामना गर्न परे पनि निर्भीकताका साथ उभिने सङ्कल्पसहित प्रण गर्दछु ।’
उनले वर्तमान संविधान र शासन पद्धतिकाविरुद्ध कुरूप र भद्दा प्रतिगामी आवाजहरू उठ्ने गरेको भन्दै आक्रोश समेत पोखिन् । यस्तै उनले शान्ति प्रक्रियाका बाँकी कामहरू गम्भीरताका साथ पूरा गर्दै द्वन्द्वपीडित परिवारलाई न्याय र परिपूरणको अनुभूति गराउनु आवश्यक रहेको पनि बताइन् ।
साथै उनले लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी क्षेत्रमा अझै पनि प्रभावकारी स्वास्थ्य सेवाको अभाव रहेको बताउँदै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् ।
सानो दुर्घटना र गम्भीर चोटपटक लागे पनि नेपालगन्ज र बुटवल जानुपर्ने बाध्यता जनतालाई रहेको उल्लेख गर्दै उनले भनिन्, ‘भालुबाङ्ग स्वास्थ्य चौकीलाई प्रदेश मातहतमा लगे पनि दक्ष जनशक्ति र उपकरण अभाव छ । लमही अस्पतालमा डाक्टर दरबन्दी थप्ने , जीर्ण भौतिक संरचना , रिफर सेन्टर मात्रै हो जस्तो देखिन्छ ।’
भारतीय सीमा नाकामा बसोबास गर्ने नेपाली जनताको उपचारमा थप समस्या रहेको पनि उनले बताइन् । त्यस कारण देउखुरीका १ नगरपालिका र ३ गाउँपालिकाका बासिन्दामा स्वास्थ्य समस्या समाधान गर्न कम्तीमा पनि देउखुरीमा सुविधायुक्त अस्पताल हुनुपर्ने उनले जोड दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण