उद्योग वाणिज्य महासंघ चुनाव : सबै समूहका सदस्यतर्फको मतगणना सुरु, रातभरमा नतिजा आइसक्ने
बुधबार, २९ चैत २०७९, २१ : २४

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको एसोसिएटको सदस्यतर्फको मतदान पनि सुरु भएको छ । महसङ्घको चुनाव सकिएपछि सबैभन्दा सुरुमा वस्तुगतको मतगणना सुरु भएको थियो । त्यसपछि जिल्लानगर हुँदै एसोसिएटतर्फको मतदान पनि सुरु भएको हो ।
सदस्यतर्फको मतगणना सुरु भएपनि उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षको गणना भने सुरु भएको छैन । सदस्यतर्फबो गणना सकिएपछि मात्रै उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षको मतगणना सुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ ।
महासङ्घको चुनावमा ६४ पदका लागि ११७ जना व्यवसायी प्यानलसहित चुनावी दौडमा थिए । यसमध्ये ५ जना निर्विरोध भैसकेका छन् भने ११२ जना चुनाव लडिरहेका छन् । वरिष्ठ उपाध्यक्षको चुनावमा तीन समूहबीच प्रतिस्पर्धा भैरहेको छ । निर्वाचनमा अन्जान श्रेष्ठ, उमेशलाल श्रेष्ठ र राम्चन्द्र संघईबीच प्रतिस्पर्धा भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’