कोर टीम भन्दै निकिताको नाम प्रचार भएपछि रविले मध्यरातमा भने– हामी जित्ने छौँ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कोर टिममा भन्दै श्रीमती निकिता पौडेल लामिछानेको नाम प्रचार भएकोप्रति आपत्ति जनाएका छन् । सभापति लामिछानेले बुधवार राति सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन् ।
उनले आफ्नो श्रीमानको प्रगतिबाहेक केही लिनु दिनु नभएकी एक योग्य र सक्षम महिलामाथि कायरहरु खनिएका भन्दै आक्रोश पोखेका छन् । लामिछानेले भनेका छन्, ‘एक आफैमा योग्य, सक्षम महिला जसलाई आफ्नो श्रीमानको प्रगति बाहेक राजनीतिमा केही लिनु दिनु छैन, कायरहरु उसमाथि खनिएका छन्। बिना आधार, बिना प्रमाण कायरतापूर्वक गरिएको आक्रमणको हिसाब राखेका छौं।’
उनले निराधार राखिएका समाचार र पोस्टहरु नहटाए कडा कानुनी प्रक्रियामा जाने चेतावनी समेत दिएका छन् । निकाताले बिना कारण बदनामी र तनाव सहनुपरेकोप्रति क्षमा माग्दै लामिछानेले आफुहरुले घेराबन्दी तोड्ने र जित हासिल गरेरै छाड्ने बताएका छन् ।
बुधवार रास्वपाबाट बर्खास्त गरिएका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले आफूलाई फसाए कोर टिमबारे बाहिर कुरा ल्याउन अभिव्यक्ति दिएका थिए । त्यससँगै निकता पौडेलको समेत नाम राखेर सामाजिक सञ्जालमा प्रचार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझाको हरियो पहिचान बदलेर ‘ब्लू बस’ बनाउनु उपयुक्त छैन, रङ होइन सोच बदलौँ : कुलमान घिसिङ
-
विकासको विरोधाभास : चिल्लो सडक, रित्तो गाउँ
-
बजेट जनमुखी, गरिबमुखी र नीतिमा आधारित छ : मुख्यमन्त्री बानियाँ
-
डेढ करोड नागरिक जोडिएको क्षेत्रमा अध्यादेश ल्याएको भन्दै एमालेको असन्तुष्टि
-
प्रतिष्ठानका पदाधिकारी नियुक्तिलाई निष्पक्ष र पारदर्शी बनाउन विधेयक ल्याइएको हो : स्वास्थ्य मन्त्री
-
भेनेजुएलामा भूकम्प अपडेट : मृतकको सङ्ख्या दुई हजार ६४५ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण