प्रतिबन्धित लागु औषधसहित एक जना प्रहरीको नियन्त्रणमा
बिहीबार, ३० चैत २०७९, ०९ : १६
झापा । झापाको चारआली प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले ९ ग्राम प्रतिबन्धित लागुऔसधसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
हिजो साँझ पाँच बजे विभिन्न सवारी साधनहरू चेकजाँच गर्ने क्रममा २० वषकी अनुजा राजवंशीको साथबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर ९ ग्राम फेला परेकोले उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
राजवंशीलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ । राजवंशीकी आमा ५ महिना अघि लागु औषध सम्बन्धी मुद्दामा झापा कारागारमा सजाय भुक्तान गरिरहेकी छिन् ।
आमा भारती राजवंशीलाई भेट्न आउने क्रममा प्रहरीलाई शङ्का लागि निज अनुजा राजवंशीलाई निगरानीमा राखेको अवस्थामा लागु औषध सहित फेला पारेको सूचना अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण