सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाको मिसाइल प्रक्षेपणपछि जापानले आफ्ना नागरिकलाई किन लुक्न भन्यो ?

बिहीबार, ३० चैत २०७९, ०९ : १३
बिहीबार, ३० चैत २०७९

उत्तर कोरियाबाट प्रहार गरिएको अन्तर महादेशीय ब्यालेस्टिक मिसाइलका कारण जापानले होक्काइडोका नागरिकलाई कतै लुक्न चेतावनी जारी गरेको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार जापान सरकारले होक्काइडोका नागरिकहरूलाई तुरुन्तै आफ्नो घर छाड्न र सुरक्षित स्थानमा जान चेतावनी दिनुपर्‍यो ।

यस चेतावनी सन्देशमा होक्काइडोका बासिन्दाहरूलाई सुरक्षित भवन वा भूमिगत आश्रयमा बस्न भनिएको छ ।

तर पछि जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाको त्यो मिसाइल ‘जापानको क्षेत्रमा नखसेको’ बताए । 

एएफपीका अनुसार जापानका रक्षामन्त्रीले यो अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल भएको बताए ।

उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेपछि दक्षिण कोरियाले पनि विज्ञप्ति जारी गरेको छ ।

एएफपीका अनुसार उत्तर कोरियाले नयाँ ठोस इन्धनबाट चल्ने ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको हुनसक्ने दक्षिण कोरियाले बताएको छ ।

यसबारे उत्तर कोरियाबाट हालसम्म कुनै वक्तव्य आएको छैन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप