उत्तर कोरियाको मिसाइल प्रक्षेपणपछि जापानले आफ्ना नागरिकलाई किन लुक्न भन्यो ?
उत्तर कोरियाबाट प्रहार गरिएको अन्तर महादेशीय ब्यालेस्टिक मिसाइलका कारण जापानले होक्काइडोका नागरिकलाई कतै लुक्न चेतावनी जारी गरेको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार जापान सरकारले होक्काइडोका नागरिकहरूलाई तुरुन्तै आफ्नो घर छाड्न र सुरक्षित स्थानमा जान चेतावनी दिनुपर्यो ।
यस चेतावनी सन्देशमा होक्काइडोका बासिन्दाहरूलाई सुरक्षित भवन वा भूमिगत आश्रयमा बस्न भनिएको छ ।
तर पछि जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाको त्यो मिसाइल ‘जापानको क्षेत्रमा नखसेको’ बताए ।
#UPDATE Japanese Prime Minister Fumio Kishida says a missile launched by North Korea "did not fall in Japanese territory", after the government warned residents of Hokkaido to take shelter.
— AFP News Agency (@AFP) April 13, 2023
Japan's defence minister says projectile was likely "an ICBM-class ballistic missile" pic.twitter.com/l3nwqE3QqI
एएफपीका अनुसार जापानका रक्षामन्त्रीले यो अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल भएको बताए ।
उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेपछि दक्षिण कोरियाले पनि विज्ञप्ति जारी गरेको छ ।
एएफपीका अनुसार उत्तर कोरियाले नयाँ ठोस इन्धनबाट चल्ने ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको हुनसक्ने दक्षिण कोरियाले बताएको छ ।
यसबारे उत्तर कोरियाबाट हालसम्म कुनै वक्तव्य आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनता सजग नभए संविधानमा हुने प्रतिगामी संशोधन रोक्न सकिँदैन : प्रदीप ज्ञवाली
-
एआई क्यामेरामार्फत ५९ जना पक्राउ, जेनजी प्रदर्शनमा लुटिएका १८५ हतियार बरामद
-
कोलकाता–विराटनगर रेल्वे कार्गो सेवा सञ्चालनमा, वैदेशिक व्यापार लागत घट्ने अपेक्षा
-
हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड
-
तेल आपूर्तिका सबै विकल्प कमजोर, विश्व बजारमा थप संकटको खतरा
-
काठमाडौँमा लागुऔषधको मुद्दा २ सयले बढ्यो, १ हजार ७३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण