युवा पिँढी विद्यमान शासन प्रणालीप्रति असन्तुष्ट हुँदै गएको छ : पूर्वराजा ज्ञानेन्द्र
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले युवा पीढिमा विद्यमान शासन प्रणाली र शासकीय गतिविधिप्रति असन्तुष्ट हुँदै गएको बताएका छन् । पूर्वराजा शाहले विगत तीन दशक बढी समयको अनर्थ प्रयत्न उपर उनीहरुमा चरम विद्रोहभाव देखिन थालेको बताए ।
बिहीबार नयाँ वर्ष २०८० को अवसरमा एक सन्देश जारी गर्दै उनले हालैका दशकहरुमा जानेर वा नजानेर देशका विभिन्न पक्षहरुबाट भएका कमजोरीबाट देशले धेरै दुःख पाएको बताएका छन् । पूर्वराजा शाहले भनेका छन् : ‘हाम्रो सरकारी ढुकुटी र सञ्चालित वित्तिय संस्थाहरुको आर्थिक कारोबार आम विपन्न वर्गको उत्थानमा छैन । सिमित व्यक्ति र सानो घेराका परिवारमा मात्र त्यसको लभा खुम्चिन गयो भन्ने आम जनगुजासो सुनिन्छ । उत्पादन, आर्जन एवम् समुचित वितरण र परिचालनमा उपयुक्त ध्यान नदिँदा जनसाधारणमा समस्या तथा आक्रोश बढ्नु स्वभाविक हो ।’
शाहले नेपाली माटो, नेपालको प्रकृति, नेपाली मौलिक संस्कृति र आम नेपालीको आशा अनुभूतिलाई बुझेर अग्रगतितर्फ लाग्न आग्रह गर्दै सबैमा विगतको कमीकमजोरी प्रति क्षमाशील भावना जागोस् भन्दै २०८० सालको शुभकामना समेत दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण