बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

युवा पिँढी विद्यमान शासन प्रणालीप्रति असन्तुष्ट हुँदै गएको छ : पूर्वराजा ज्ञानेन्द्र

बिहीबार, ३० चैत २०७९, २२ : ५९
बिहीबार, ३० चैत २०७९

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले युवा पीढिमा विद्यमान शासन प्रणाली र शासकीय गतिविधिप्रति असन्तुष्ट हुँदै गएको बताएका छन् । पूर्वराजा शाहले विगत तीन दशक बढी समयको अनर्थ प्रयत्न उपर उनीहरुमा चरम विद्रोहभाव देखिन थालेको बताए ।

बिहीबार नयाँ वर्ष २०८० को अवसरमा एक सन्देश जारी गर्दै उनले हालैका दशकहरुमा जानेर वा नजानेर देशका विभिन्न पक्षहरुबाट भएका कमजोरीबाट देशले धेरै दुःख पाएको बताएका छन् । पूर्वराजा शाहले भनेका छन् : ‘हाम्रो सरकारी ढुकुटी र सञ्चालित वित्तिय संस्थाहरुको आर्थिक कारोबार आम विपन्न वर्गको उत्थानमा छैन । सिमित व्यक्ति र सानो घेराका परिवारमा मात्र त्यसको लभा खुम्चिन गयो भन्ने आम जनगुजासो सुनिन्छ । उत्पादन, आर्जन एवम् समुचित वितरण र परिचालनमा उपयुक्त ध्यान नदिँदा जनसाधारणमा समस्या तथा आक्रोश बढ्नु स्वभाविक हो ।’

शाहले नेपाली माटो, नेपालको प्रकृति, नेपाली मौलिक संस्कृति र आम नेपालीको आशा अनुभूतिलाई बुझेर अग्रगतितर्फ लाग्न आग्रह गर्दै सबैमा विगतको कमीकमजोरी प्रति क्षमाशील भावना जागोस् भन्दै २०८० सालको शुभकामना समेत दिएका छन् ।  
gyanendra-shah-1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप