पूर्वराष्ट्रपति भण्डारीद्वारा सुशासन र सहज सेवा प्रवाहमा जोड
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समावेशी लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोडी तिनको समृद्धिलाई केन्द्रमा राख्दै सुशासन र सहज सेवा प्रवाहमा जोड दिन सम्पूर्ण राजनीतिक दल र निर्वाचित जनप्रतिनिधिमा आग्रह गरेकी छिन् ।
नयाँ वर्ष २०८० का अवसरमा आज दिएको शुभकामना सन्देशमा पूर्वराष्ट्रपति भण्डारीले समयको गतिसँगै प्राप्त अवसर सदुपयोग गर्न सकेमा मात्रै जनताले देखेको प्रगतिको सपना वास्तविक अर्थमा साकार पार्न सकिने बताइन् ।
नयाँ दशकसमेतको प्रारम्भका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र आरोग्यका लागि शुभकामना व्यक्त गर्दै पूर्वराष्ट्रपति भण्डारीले नेपाली जनताको समृद्धि र प्रगतिको आकाङ्क्षालाई सम्बोधन गर्दै नेपाली सपनाको समवेत स्वरूप दिन नयाँ वर्षले हामी सबैलाई अभिप्रेरित गर्ने विश्वास व्यक्त गरिन् ।
उनको सन्देशमा भनिएको छ, “विगतका दशकमा हामीले जनताका प्रतिनिधिमार्फत नयाँ संविधान निर्माण गयौँ । दशकको मध्यतिर हासिल गरिएको सात प्रतिशतको आर्थिक वृद्धिदर इतिहासकै उच्चमध्ये रहे पनि कोभिड–१९ महामारीलगायत कारणले त्यसलाई निरन्तरता दिन सकिएन । हाम्रो सामु आज युवा शक्तिलाई मुलुकको विकासमा सहभागी गराउने, उद्यमीका निम्ति अवसर सिर्जना गर्ने तथा कृषि, शिक्षा र नवप्रवत्र्तनका क्षेत्रमा नेपालको क्षमता प्रदर्शन गर्ने ठूलो चुनौती विद्यमान छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभाको पन्ध्रौँ बैठक आज, चार मन्त्रालयको बजेटमाथि छलफल
-
यो वर्ष पनि दुईवटा अटो शो : नाडा र नाइमाको छुट्टाछुट्टै तयारी
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण