शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा देखियो : प्रधानमन्त्री

शुक्रबार, ०१ वैशाख २०८०, ०९ : ५१
शुक्रबार, ०१ वैशाख २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा रहेको बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा पार्टीका नेता तथा कार्यकर्ताहरूसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधान सभामै उल्लेख भइसकेका र आत्मसाथ गरिसकेका कुरालाई अहिले तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको बताए । 

उनले परिवर्तनलाई विचलनमा लैजाने काम भइरहेको भन्दै सबै सजग रहन आग्रह गरे । वर्तमान समयमा आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र) सरकारमा रहेकाले परिवर्तन उल्टिँदैन जस्तो लागे पनि स्थिति सहज नरहेको उनको जिकिर थियो । जिम्मेवारी बोध गरी सङ्घर्ष नगर्ने हो भने अप्ठ्यारो स्थिति आउन सक्ने चेतावनी उनले दिए । प्रधानमन्त्री प्रचण्डले सरकारलाई जनमुखी बनाउने, जनताको आशा अनुसार काम गर्ने चुनौती रहेकाले योजनाहरूको कार्यान्वयन गर्दै जानुपर्नेमा जोड दिए । 

प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा नेकपा (माओवादी केन्द्र) ले नेताहरूको समर्थन लिएर नेतृत्व प्राप्त गर्ने प्रणाली बदल्नुपर्ने बताए । उनले नेतृत्वलाई दबाब दिएर पद पाउने प्रणालीको अन्त्य नगरेसम्म पार्टी बन्न नसक्ने बताए । पार्टी जनतामा नजानु भनेको नेताहरूको सहयोगमा नेतृत्व लिने प्रणाली हाबी हुनु रहेको उनले बताए ।  

प्रधानमन्त्री दाहालले कार्यकर्ताको मन जित्ने मानिस नै नेता बन्ने प्रणालीको विकास गर्नुपर्ने आवश्यकता रहेको बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप