२४ घण्टा नबित्दै प्रकाश सपूतको गीत युटयुव ट्रेन्डिङको शीर्ष स्थानमा
काठमाडौँ । गायक प्रकाश सपूतले जुन गीत ल्याएपछि चर्चा कमाउने गरेको छ । यस्तैमा उनले बिहीबार सार्वजनिक गरेको नयाँ गीत ‘सकम्बरी’ (फूलमाया) पनि अहिले चर्चामा छ । गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै युटयुवको ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको छ ।
बिहीबार सार्वजनिक गीतले समाचार तयार गर्दासम्म ५ लाख ६६ हजार भ्युज पाएको छ । नयाँ वर्षको पूर्व सन्ध्या पारेर सार्वजनिक गीतमा सपूतको शब्द, सङ्गीत र स्वर छ । गीतको सङ्गीत संयोजन भने सुदीप सागरले गरेका हुन् । गीतमा सपूतलाई बर्ता गन्धर्वले स्वरमा साथ दिएकी छन् ।
गीतको भिडियोमा भने कलाकार बन्ने सपना बोकेर गाउँबाट सहर छिरेकी एक युवती (फूलमाया) को कथा बुनिएको छ । जसको निर्देशन सपूत आफैँले गरेका हुन् । भिडियोमा एउटा महिलाले घरपरिवारका लागि गर्ने कर्तव्य समेत देखाइएको छ ।
भिडियोमा सपूतको अलवा कुसुम शर्मा, सुनिल थापा, निक्स शर्मा, सरिता राजोपाध्याय, सन्जोग रसाइली, सरस्वती अधिकारी, सालिक भण्डारी लगायतको अभिनय भिडियोमा देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण