रातोपाटीको प्रदेश संस्करण थप परिष्कृतसहित पाठकको सेवामा
काठमाडौँ । डिस्कभरी न्यूज नेटवर्कद्वारा प्रकाशित ‘रातोपाटी डटकम’को प्रदेश संस्करणलाई थप परिष्कृत गरिएको छ । रातोपाटीले प्रदेशहरुको नामकरणअनुसार सबै प्रदेशको सव–डोमेन निर्माण गर्दै छुट्टाछुट्टै पेज तयार गरेको हो ।
रातोपाटीका संस्थापक ओम शर्माले सुरुदेखि नै आफूहरुले प्रदेशका समाचारलाई प्राथमिकता दिँदै आइरहेको उल्लेख गर्दै परिष्कृत संस्करणले सम्बन्धित प्रदेशवासी पाठकले सहजरुपमा आफ्नो क्षेत्रको समाचार पढ्न पाउने विश्वास गरे ।
प्रदेश संस्करणमा सम्बन्धित प्रदेशका समाचारहरु छुट्टै पेजमा पढ्न सकिने छ । जसअनुसार कोशी प्रदेशका लागि कोशी डट रातोपाटी डटकम (koshi.ratopati.com) पेज निर्माण गरिएको छ । यसैगरी मधेसका लागि मधेस डट रातोपाटी डटकम (madhesh.ratopati.com), बागमतीका लागि बागमती डट रातोपाटी डटकम(bagmati.ratopati.com), गण्डकीका लागि गण्डकी डट रातोपाटी डटकम (gandaki.ratopati.com) पेज निर्माण गरिएको छ ।
यस्तै लुम्बिनीका लागि लुम्बिनी डट रातोपाटी डटकम (lumbini.ratopati.com), कर्णालीका लागि कर्णाली डट रातोपाटी डटकम (karnali.ratopati.com)र सुदूरपश्चिमका लागि सुदूरपश्चिम डट रातोपाटी डटकम (sudurpashchim.ratopati.com) पेज निर्माण गरिएको छ ।
पाठकहरुले उल्लिखित पेज सिधै आफ्नो ब्राउजरमा लगइन गरेर समाचार पढ्न सक्ने व्यवस्था मिलाइएको छ । रातोपाटी २०७४ फागुनदेखि नै संघीय संरचनामा गएको थियो भने हाल आएर यसलाई थप परिष्कृत गरेर पाठकमैत्री बनाइएको हो । आगामी दिनमा प्रदेश पोर्टललाई सशक्त बनाउँदै संघीय शासन प्रणालीमा रातोपाटीको सशक्त उपस्थिति बनाउने योजना रहेको शर्माको भनाइ छ ।
संघीयतालाई गाउँगाउँ पुर्याउने भनिएअनुसार रातोपाटीले सीमान्तकृत जनताको आवाज बोल्ने पनि उनको भनाइ छ ।
रातोपाटीको विभिन्न प्रदेशमा प्रदेश कार्यालय रहेका छन् भने सातै प्रदेशबाट संवाददाता र लेखकमार्फत ताजा समाचार, खोजमूलक रिपोर्टहरुका अतिरिक्त शिक्षा, विज्ञानप्रविधि, सांस्कृतिक गतिविधि, जीवनशैली, स्वास्थ्य, खेलकुद, मनोरञ्जन र साहित्यसँग सम्बन्धितलगायतका सामग्रीहरु प्रकाशित हुँदै आएको छ । यसका साथै रातोपाटीको प्रवास र अंग्रेजी संस्करण समेत रहेको छ । ‘सबैको, सबैभन्दा राम्रो’ मूल मन्त्र बोकेको रातोपाटीका पाठकले केन्द्रीय संस्करण भने सधैँझैँ रातोपाटी डटकम लगइन गरेर हेर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रोल नम्बर १’ को अहिलेसम्मको बक्स अफिस कलेक्सन कति ?
-
‘बजेट संघीयता विरोधी भयो, १ खर्बको बेनामे बजेटमाथि शंका छ’
-
विश्वकप डेब्युमा ट्युनिसियाविरुद्ध दुई गोल गरेका स्विडिस खेलाडी अयारीले किन खुसीयाली मनाएनन् ?
-
नेपाल लाइफको सीइओमा पराजुली पुन: नियुक्त
-
सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा परमादेश
-
कर्णालीमा ३३ अर्ब हाराहारीको बजेट सार्वजनिक हुँदै, ३ बजे प्रदेश सभा बैठक बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण