स्वास्थ्य मन्त्रालयको बेथिति : अर्बौंको सहायता रकम बजेट तथा कार्यक्रममा समावेश गरिएन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नगद तथा वस्तुगत सहायतालाई वार्षिक बजेट तथा कार्यक्रममा समावेश नगरेको पाइएको छ । महालेखा परीक्षणको ६० औं वार्षिक प्रतिवदेनमा मन्त्रालयले अर्वौं रकम बजेट तथा कार्यक्रममा समावेश नगरेको औँल्याएको हो । विश्व स्वास्थ्य संगठन, युनिसेफ लगायतबाट प्राप्त वैदेशिक साहयता रकम स्वास्थ्य सेवा विगाग, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रलगायतमार्फत खर्च गरिएपनि मन्त्रालयले बजेट तथा कार्यक्रममा सो कुरा समावेश नगरिएको पाइएको हो ।
विश्व स्वास्थ्य संगठनले सोझै भुक्तानी गरेको नगद अनुदान रू. १ करोड ९ लाख ५१ हजार, स्वास्थ्य सेवा विभागले विश्व स्वास्थ्य संगठनबाट सोझै पाएको अनुदान रू. ७० करोड १५ लाख १२ हजार बजेटमा छैन । यस्तै युनिसेफको रू.१ करोड ७७ लाख १० हजार, विश्व स्वास्थ्य संगठनको रू.५ करोड २४ लाख ७४ हजार र युनिसेफको रू. ६५ लाख ५५ हजार समेत गरी रू.७८ करोड ९२ लाख ५ हजार वैदेशिक सहायता मन्त्रालयले परामर्श सेवा र तालिम कार्यक्रममा भुक्तानी गरेपनि बजेट तथा कार्यक्रममा समावेश नगरिएको हो ।
मन्त्रालयले सहायता रकम बजेट तथा कार्यक्रममा समावेश गरी खर्च गर्नुपर्दछ । यस्तै आर्थिक कार्यविधिमा तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम १७ मा बजेट तथा कार्यक्रमसँग सम्बन्धित सम्झौताअनुसार प्राप्त हुने नगद तथा वस्तुगत सहायतालाई वार्षिक बजेट तथा कार्यक्रममा समावेश गर्नुपर्ने भएपनि त्यसको उलंघन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण