बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इलाममा आयोजित नयाँ वर्षको कार्यक्रममा भागदौड, एक दर्जन बढी घाइते

शनिबार, ०२ वैशाख २०८०, ०६ : ०१
शनिबार, ०२ वैशाख २०८०

इलाम । नयाँ वर्षको अवसरमा इलाम सदरमुकाममा भएको कार्यक्रममा अत्यधिक भिडका कारण भागदौड मच्चिँदा एक दर्जनभन्दा बढी घाइते भएका छन् । सदरमुकाममा रहेको ठूलो टुँडिखेलमा आयोजित मेला र साङ्गीतिक कार्यक्रममा भिडमा मानिसहरू च्यापिएपछि भागदौड मच्चिँदा उनीहरू घाइते भएका हुन् ।

घाइते हुनेहरूमा इनपा–७ का प्रज्ञा भट्टराई र प्रभा भट्टराई, सूर्योदय नगरपालिका–१४ की कुमारी लिम्बु, देउमाई नगरपालिका–६ की अन्जु राई, सूर्योदय–१४ का मिलन लिम्बु, देउमाई–२ की प्रविना राई, फाकफोकथुम गाउँपालिका–७ की दृष्टि भुजेल, फाल्गुनन्द गाउँपालिका–५ का सन्दीप चेम्जोङ, सोही गाउँपालिकाका वडा नम्बर २ की टेकमाया राई, इनपा–५ की काजल राई, इनपा–७ का रमेश बुढाथोकी, इनपा–८ का सुनिता तामाङ र लक्की शेर्पा र फाकफोकथुम गाउँपालिका–२ का नाबालक साजन राई रहेका छन् । 

घाइतेहरूको इलाम अस्पताल र झापाको बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ । इलामका सांसद महेश बस्नेत अस्पताल पुगेर घाइतेहरूको अवस्थाको बारेमा जानकारी लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप