ब्रुकको शतक, कोलकाता घरेलु मैदानमा पराजित
कोलकाता । १३.२५ करोड भारतीय रुपैयाँमा खरिद गरिएका ब्याट्सम्यान ह्यारी ब्रुकले इन्डियन प्रिमियर लिगमा सिजनको पहिलो शतक बनाउँदा सनराइजर्स हैदरावादले कोलकाता नाइट राइडर्सलाई २३ रनले पराजित गरेको छ । टोलीको यो सिजनको दोस्रो जित हो । जीतसँगै टोली अङ्क तालिकाको सातौँ स्थानमा छ ।
कोलकाताको इडेन गार्डेन रंगशालामा आयोजक कप्तानले टस जितेर पहिले बलिङ रोजेका थिए । टस हारेर ब्याटिङ गरेको सनराइजर्स हैदरावादले २० ओभरमा चार विकेट गुमाएर २२८ रन बनाएको थियो । जवाफमा कोलकाताले २० ओभरमा सात विकेट गुमाएर २०५ रन मात्रै बनाउन सक्यो ।
ह्यारी ब्रुकले आईपीएलमा आफ्नो पहिलो शतक बनाएका छन् । उनले ५५ बलमा शतक पूरा गरेका थिए । यसअघि ब्रुकले ३२ बलमा आफ्नो पहिलो अर्धशतक पूरा गरे र यसलाई शतकमा परिणत गरे। ब्रुकले एडेन मार्करामसँग ४७ बलमा ७२ रनको साझेदारी गरे । मार्कराम आफ्नो करियरको चौथो अर्धशतक बनाएर आउट भए ।
हैदरावादका ह्यारी ब्रुकका अलावा कप्तान एडेन मार्करामले २६ बलमा ५० र अभिषेक शर्माले १७ बलमा ३२ रन बनाए । कोलकाताका लागि आन्द्रे रसेलले तीन विकेट लिए ।
जवाफी इनिङ्समा कोलकाताका ओपनर एन जगदीशनले ३६ रन जोडे भने कप्तान नितिश राणाले ४१ बलमा ७५ र रिंकु सिंहले ३१ बलमा ५८ रन बनाए । हैदरबादका लागि मार्को जानसेन र मयंक मार्कण्डेले २–२ विकेट लिए । भुवनेश्वर कुमार, टी नटराजन र उमरान मलिकले एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण