नेपालबाट ६ करोड ३२ लाखको अचार निर्यात
काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को ८ महिनाको अवधिमा नेपालबाट ६ करोड ३२ लाख रुपैयाँको अचार निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि फागुन महिनासम्मको अवधिमा उक्त मूल्यको अचार निर्यात भएको हो । तथ्यांकअनुसार यस अवधिमा नेपालबाट १ लाख ७ हजार किलो अचार निर्यात भएको छ । नेपालबाट विश्वका ९ वटा देशमा अचार निर्यात हुने गरेको छ । अष्ट्रेलिया, बेल्जियम, क्यानडा, हङकङ, इटाली, जापान, कोरिया, बेलायत र अमेरिकामा अचार निर्यात हुने गरेको हो ।
नेपालबाट इटाली र अमेरिकामा सबैभन्दा धेरै अचार निर्यात हुने गरेको छ । अमेरिकामा १ करोड ९८ लाख २१ हजार रुपैयाँको अचार निर्यात हुँदा इटालीमा १ करोड २ लाख ९० हजारको अचार निर्यात भएको छ । यस्तै, अष्ट्रेलियामा ७७ लाख रुपैयाँको अचार निर्यात हुँदा क्यानडामा ३२ लाखको अचार निर्यात भएको छ । यता जापान र कोरियामा समान ८६–८६ लाख रुपैयाँको अचार निर्यात भएको विभागको तथ्यांकमा देखिएको छ । हङकङ र बेल्जियममा भने क्रमशः ४ लाख र ९ लाख रुपैयाँको अचार निकासी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण