जनकपुरमा एक युवकको शव फेला
शनिबार, ०२ वैशाख २०८०, १७ : ५१

जनकपुरधाम । जनकपुरमा एक युवकको शव फेला परेको छ । शनिबार बिहान रेल्वे स्टेशनदेखि कपिलेश्वर जाने बाटोमा जलाद खोलाको पुलमुनि युवकको शव फेला परेको हो । बिहान करिब १० बजेको समयमा पुलमा ओहोरदोहोर गर्ने यात्रुले युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतक युवक भारत असामका २४ वर्षीय मोहम्मद इरफान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । उनी केही दिनयता जनकपुरधाममा आफ्नी सानिआमासँग बस्दै आएका थिए । मृतककी सानिआमा जनकपुरधाम–१६ मा कोठा भाडामा लिएर बस्छिन् । इरफान जनकपुरधाममा दैनिक ज्यालादारीमा काम गर्थे ।
मृतक इरफानको शव पोष्टमर्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङमा स्याउ बगैचाभित्र जौ खेती : दोहोरो आम्दानी
-
सभामुखमाथि टिप्पणी गर्नेलाई योगेशको प्रश्न : एक पटक ऐनामा अनुहार हेर्ने कि ?
-
इरानी क्षेप्यास्त्र आक्रमणका कारण तेल अभिभमा १२ जना घाइते
-
देश बनाउन प्रचण्डको विकल्प छैन : अग्नि सापकोटा
-
धरानबाट २१ सय किलो गाँजासहित ट्रक नियन्त्रणमा, चालक फरार
-
भोजपुरको साम्पाङमा विद्युत् सेवा विस्तार