जनकपुरमा एक युवकको शव फेला
शनिबार, ०२ वैशाख २०८०, १७ : ५१
जनकपुरधाम । जनकपुरमा एक युवकको शव फेला परेको छ । शनिबार बिहान रेल्वे स्टेशनदेखि कपिलेश्वर जाने बाटोमा जलाद खोलाको पुलमुनि युवकको शव फेला परेको हो । बिहान करिब १० बजेको समयमा पुलमा ओहोरदोहोर गर्ने यात्रुले युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतक युवक भारत असामका २४ वर्षीय मोहम्मद इरफान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । उनी केही दिनयता जनकपुरधाममा आफ्नी सानिआमासँग बस्दै आएका थिए । मृतककी सानिआमा जनकपुरधाम–१६ मा कोठा भाडामा लिएर बस्छिन् । इरफान जनकपुरधाममा दैनिक ज्यालादारीमा काम गर्थे ।
मृतक इरफानको शव पोष्टमर्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण