बराबरीमा रोकियो बायर्न तर दुई अंकको अग्रता कायमै
म्यनिख । बायर्न म्युनिख आफ्नो घरेलु मैदानमा होफेनहाइमसँग १–१ को बराबरीमा रोकिएको छ । बराबरीमा बाबजुद बायर्न बुन्डेस लिगाको शीर्ष स्थानमा २ अंकको अग्रता कायम राखेको छ । लिगमा अब ६ खेलमात्र बाँकी रहेको छ ।
मंगलबार च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीसँग पराजित भएपछि आफ्नै सहकर्मी लिरोय सानेमाथि हातपात गरेपछि निलम्बनमा रहेका साडियो माने बिना नै बायर्न मैदानमा उत्रेको थियो । बायर्नले खेलको १७ औँ मिनेटमा बेन्जामिन पाभार्डको गोलमा अग्रता लिएको थियो ।
दोस्रो हाफको सुरुवातमा नै होफेनहाइमले दुईवटा गोलको अवसर गुमाएको थियो । तर, ७१ औँ मिनेटमा आन्द्रेज क्रामारिचले फ्रिककमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए । लगत्तै पाभार्डले गोल गरे पनि उक्त गोल अफसाइड करार गर्दै रद्द गरिएको थियो ।
बायर्नको ५९ अंक रहेको छ । शनिबार नै भीएफबी स्टुटगार्टसँग ३–३ को बराबरी खेलेको बोरुसिया डर्टमण्ड लिगको दोस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण