सांसदहरुलाई हर्क राईले दिए यस्तो चेतावनी, बालेनले जनाए समर्थन
आइतबार, ०३ वैशाख २०८०, ०८ : ४५
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क राईले कोशीको पानी धरान ल्याउने प्रोजेक्टमा बजेट नपरे धरानमा सांसद्हरुलाई निषेध गर्ने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमार्फत मेयर राईले भनेका छन् -'यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीयज्यूहरूलाई धरानमा निषेध गरिनेछ ! तल तीनकुने मै बोर्ड राखिनेछ फोटो सहित को ! ख्याल नठान्नु होला ! यो फेसबुक चलाउने मान्छे धरानको नगर प्रमुख हो भन्ने नभुल्नु !'
राईको यो अभिव्यक्तिमा काठमाडौँ महानगरका मेयर बालेन शाहले पनि समर्थन जनाएका छन् । राईको स्ट्याटसमा शाहले लेखेका छन् -'पूर्ण समर्थन, गर्ने नै यही हो ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण