सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

खराब मौसमका कारण पोखरा, भरतपुर र तुम्लिङटारको उडान पूर्ण रूपमा प्रभावित

आइतबार, ०३ वैशाख २०८०, ११ : १६
आइतबार, ०३ वैशाख २०८०

काठमाडौँ । बाक्लो तुवाँलोका कारण पोखरासहित तीन आन्तरिक गन्तव्यमा पूर्ण रूपमा प्रभावित हुन पुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) का अनुसार पोखरा, भरतपुर र तुम्लिङटारको उडान प्रभावित हुन पुगेको हो । 

काठमाडौँको मौसम उडानयोग्य भए पनि अवतरण गर्ने पोखरा, भरतपुर र तुम्लिङटारको भिजिबिलिटी कम भएकाले उडान गर्न नसकिएको टीआएको एटीसी टावरले जानकारी दिएको छ । योसँगै उताबाट काठमाडौँ लगायत अन्य गन्तव्यहरूमा हुने उडानहरू समेत बिहान देखिनै प्रभावित हुन पुगेको टीआईका सूचना अधिकारी टेकनाथ सिटौलाले रातोपाटीलाई जानकारी दिए । 

टीआईएको सेडुलअनुसार आज आन्तरिक उडानतर्फ ११५ उडान रहेका छन् । तीन गन्तव्यहरूमा अहिलेसम्म उडान हुन नसके पनि केही गन्तव्यहरूमा भने मौसम खुलेसँगै उडान सुरु भएको टीआईएले रातोपाटीलाई जानकारी दिएको छ ।  खराब मौसमकै कारण प्रभावित भएको सिमराको उडान भर्खर मात्र खुलेको सिटौलाले जानकारी दिए । अन्य गन्तव्यहरूमा पनि बिस्तारै उडान हुन थालेको उनले जानकारी दिए ।

गत शुक्रवारदेखि राजधानीसँगै अन्य सहरहरुमा समेत वायु प्रदूषण बढ्दा हवाई उडान प्रभावित हुन पुगेको छ । योसँगै गत शुक्रवार र शनिवार पोखराका लागि सबै उडानहरू प्रभावित हुन पुगेको टीआईएले जानकारी दिएको छ ।   हवाई उडानका लागि कम्तिमा १२ सयदेखि १६ सयको भिजिबिलिटी चाहिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप