खराब मौसमका कारण पोखरा, भरतपुर र तुम्लिङटारको उडान पूर्ण रूपमा प्रभावित
काठमाडौँ । बाक्लो तुवाँलोका कारण पोखरासहित तीन आन्तरिक गन्तव्यमा पूर्ण रूपमा प्रभावित हुन पुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) का अनुसार पोखरा, भरतपुर र तुम्लिङटारको उडान प्रभावित हुन पुगेको हो ।
काठमाडौँको मौसम उडानयोग्य भए पनि अवतरण गर्ने पोखरा, भरतपुर र तुम्लिङटारको भिजिबिलिटी कम भएकाले उडान गर्न नसकिएको टीआएको एटीसी टावरले जानकारी दिएको छ । योसँगै उताबाट काठमाडौँ लगायत अन्य गन्तव्यहरूमा हुने उडानहरू समेत बिहान देखिनै प्रभावित हुन पुगेको टीआईका सूचना अधिकारी टेकनाथ सिटौलाले रातोपाटीलाई जानकारी दिए ।
टीआईएको सेडुलअनुसार आज आन्तरिक उडानतर्फ ११५ उडान रहेका छन् । तीन गन्तव्यहरूमा अहिलेसम्म उडान हुन नसके पनि केही गन्तव्यहरूमा भने मौसम खुलेसँगै उडान सुरु भएको टीआईएले रातोपाटीलाई जानकारी दिएको छ । खराब मौसमकै कारण प्रभावित भएको सिमराको उडान भर्खर मात्र खुलेको सिटौलाले जानकारी दिए । अन्य गन्तव्यहरूमा पनि बिस्तारै उडान हुन थालेको उनले जानकारी दिए ।
गत शुक्रवारदेखि राजधानीसँगै अन्य सहरहरुमा समेत वायु प्रदूषण बढ्दा हवाई उडान प्रभावित हुन पुगेको छ । योसँगै गत शुक्रवार र शनिवार पोखराका लागि सबै उडानहरू प्रभावित हुन पुगेको टीआईएले जानकारी दिएको छ । हवाई उडानका लागि कम्तिमा १२ सयदेखि १६ सयको भिजिबिलिटी चाहिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण