भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपाल आउँदै
काठमाडौँ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवाले नेपाल भ्रमणमा आउने भएका छन् । चौथाइवाले एक कार्यक्रममा सहभागी हुन आइतबार नेपाल आउन लागेका हुन् । सडक मार्ग हुँदै साँझ नेपाल आउन लागेका चौथाइवाले धनगढीमा आयोजना हुने कार्यक्रममा सहभागी हुने बताइएको छ ।
भारतको अन्तर्राष्ट्रिय सहयोग परिषद् (एआरएसपी) र नेपाल–भारत सहयोग मञ्च (नेपाल)को आयोजनामा शनिवारदेखि धनगढीमा ‘मानस खण्ड’ नामको कार्यक्रम भइरहेको छ । उनी सो कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेका हुन् । नेपाल–भारतका नागरिक तथा सांस्कृतिक सम्बन्धका विषयमा त्यहाँ छलफल हुने बताइएको छ । सो कार्यक्रममा सहभागी भएर उनी मङ्गलवार काठमाडौँ आउने बताइएको छ ।
सोमवार हुने एउटा सत्रको अध्यक्षता नेपाली काङ्ग्रेसकी नेतृ आरजू राणा देउवाले गर्ने छिन् भने सोही सत्रको सह अध्यक्षता भाजपाका विदेश विभाग प्रमुख चोथाइवालेले गर्नेछन् । सोही सत्रमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भगतसिंह तोला, शैलेन्द्र खनाल लगायत वक्ता रहेका छन् । चौथाइवाले प्रधानमन्त्री प्रचण्डलगायत शीर्ष नेताहरूलाई भेटेर दिल्ली फर्किने कार्यक्रम रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण