महालक्ष्मी विकास बैंकका तीन शाखाद्वारा सहयोग
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय, टोल सुधार समिति र मन्दिरलाई सहयोगका कार्यक्रमहरू सम्पन्न भएका छन् ।
जसअनुसार बैंकको बानेश्वर शाखाले सुविधानगरमा अवस्थित तीनकुने टोल सुधार समितिलाई पचास थान डस्टविन हस्तान्तरण गरेको छ । काठमाडौं महानगरपालिका वडा नं ३२ भित्रको फोहोर व्यवस्थापन गरी सफा तथा सुन्दर काठमाडौं बनाउन मद्दत पु¥याउने उद्देश्यले बैैंकले उक्त सहयोग प्रदान गरेको जनाएको छ । बानेश्वर शाखाका प्रमुख विकाश रावलले तीनकुने टोल सुधार समितिका अध्यक्ष विश्वराज कार्कीलाई सो सामाग्री हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
त्यसैगरि बैंकको वीरगंज शाखाले अलखिया मठ संचालक समितिलाई खानेपानीको ट्याङ्की तथा डस्टविन हस्तान्तरण गरेको छ । वीरगंज शाखाका प्रमुख पुरुषोत्तम अधिकारीले अलखिया मठ संचालक समितिका अध्यक्ष सुपेन्द्र बहादुर श्रेष्ठलाई सामाग्री हस्तान्तरण गरेका हुन् ।

यस्तै बैंकको धादिङ शाखाले नीलकण्ठ नगरपालिका वडा नं ७ मा अवस्थित कर्णेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति हस्तान्तरण गरेको छ ।
विद्यालयमा अध्ययनरत गरिब, तथा न्यून आयस्रोत भएका परिवारका बालबालिकाहरु मध्येबाट गरिब तथा जेहेन्दार पाँच जना विद्यार्थीहरूलाई बिचबजार–धादिङ शाखाका प्रमुख खिल प्रसाद सिलवालले प्रधानाध्यापक विष्णुहरि अधिकारीलाई छात्रवृत्ति बराबरको रकमको चेक हस्तान्तरण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण