राष्ट्रपति पौडेलको पहिलो विदेश भ्रमण बेलायतबाट हुने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहिलो विदेश भ्रमण बेलायतबाट सुरु हुने भएको छ । राष्ट्रपति पौडेल बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत जाने भएका हुन् ।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले राष्ट्रपतिको सचिवालयलाई भ्रमणको अनौपचारिक जानकारी गराएका छन् । ‘हाम्रो राजदूतले कुरा गर्नुभयो । राष्ट्रपतिजीको बेलायत भ्रमण हुने पक्का भयो । राष्ट्रपति वैशाख २१ मा बेलायत जाने तयारी गरिएको छ । तर, मिति निश्चित भने भैसकेको छैन,’ राष्ट्रपतिका एकजना सल्लाहकारले भने ।
ती सल्लाहकारका अनुसार राष्ट्रपति पौडेल बेलायती राजाको राज्याभिषेकमा सहभागी हुने छन्। राज्याभिषेक आगामी मे ६ तारिख अर्थात् वैशाख २३ गते हुँदैछ।
बेलायती सञ्चारमाध्यमकाअनुसार राज्याभिषेक समारोह तीन दिनसम्म मनाइने छ ।
गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयाको निधन भएपछि राजसिंहासन सम्हालेका राजा चार्ल्सको राज्याभिषेकको निमन्त्रणापत्रमा क्यामिलालाई रानीको दर्जा दिइएको छ। उनले पनि सोही समारोहमा रानी मेरीको मुकुट लगाउनेछिन्।
राज्याभिषेक समारोहमा भौतिक रूपमा उपस्थित भएर हेर्न विश्वका बिभिन्न देशका राजनेता, राष्ट्र तथा सरकार प्रमुख, राजपरिवारका सदस्य, प्रतिष्ठित व्यक्ति उपस्थित हुनेछन्।
बकिङघम राजप्रसादले सार्वजनिक गरेको निमन्त्रणासम्बन्धी विवरणअनुसार राज्याभिषेक समारोहमा दुई हजार पाहुनालाई निमन्त्रणा पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण