ऐयरको शतक खेर, मुम्बईसँग कोलकाताको हार
आइतबार, ०३ वैशाख २०८०, १९ : ५०
मुम्बई । वेंकटेश ऐयरको उत्कृष्ट शतकका बाबजुद कोलकाता नाइट राइडर्स मुम्बई इन्डियन्ससँग पाँच विकेटले हारेको छ । आइतबार भएको खेलमा कोलाकाताले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य मुम्बईले १४ बल बाँकी छँदै पाँच विकेटको क्षतिमा पछ्यायो ।
मुम्बईलाई जीत दिलाउन ईशान किशनले सर्वाधिक ५८ रन बनाए भने कप्तान सूर्यकुमार यादवले ४३ रनको योगदान दिए । तिलक वर्माले ३० रन तथा टिम डेभिडले नटआउट रहँदै २४ रन बनाए । कोलकाताका लागि सुयष शर्माले २ विकेट लिए ।
यसअघि ऐयरको विस्फोटक ब्याटिङको मद्दतले कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो । ६ चौका र ९ छक्का हिर्काउँदै ऐयरले ४१ बलमा १ सय ४ रन बनाए । उनलाई अन्य खेलाडीले दरिलो साथ दिन सकेनन् । आन्द्रे रसले २१ तथा रिंकु सिंहले १८ रनको योगदान दिए । मुम्बईका लागि ऋतिक सोकिनले २ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण