शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ऐयरको शतक खेर, मुम्बईसँग कोलकाताको हार

आइतबार, ०३ वैशाख २०८०, १९ : ५०
आइतबार, ०३ वैशाख २०८०

मुम्बई । वेंकटेश ऐयरको उत्कृष्ट शतकका बाबजुद कोलकाता नाइट राइडर्स मुम्बई इन्डियन्ससँग पाँच विकेटले हारेको छ । आइतबार भएको खेलमा कोलाकाताले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य मुम्बईले १४ बल बाँकी छँदै पाँच विकेटको क्षतिमा पछ्यायो ।

मुम्बईलाई जीत दिलाउन ईशान किशनले सर्वाधिक ५८ रन बनाए भने कप्तान सूर्यकुमार यादवले ४३ रनको योगदान दिए । तिलक वर्माले ३० रन तथा टिम डेभिडले नटआउट रहँदै २४ रन बनाए । कोलकाताका लागि सुयष शर्माले २ विकेट लिए ।

यसअघि ऐयरको विस्फोटक ब्याटिङको मद्दतले कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो । ६ चौका र ९ छक्का हिर्काउँदै ऐयरले ४१ बलमा १ सय ४ रन बनाए । उनलाई अन्य खेलाडीले दरिलो साथ दिन सकेनन् । आन्द्रे रसले २१ तथा रिंकु सिंहले १८ रनको योगदान दिए । मुम्बईका लागि ऋतिक सोकिनले २ विकेट लिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप